Gaurishankar Post
नेपाल समाचार वाग्मती

कोभिडका कारण कालिञ्चोक गाउँपालिकामा पहिलो पटक ज्यान गुमाउनेको परिवारलाई नगद सहयोग


दोलखा १४

कोरोना महामारीका कारण दोलखाको कालिञ्चोक गाउँपालिकामा पहिलो पटक ज्यान गुमाउने ५० वर्षिया एक पुरुषको परिवारलाई नगद सहयोग गरिएको छ ।
कालिञ्चोक सरोकार समाज नामक संस्थाले कालिञ्चोक ८ का स्व. कुल बहादुर विक की श्रीमतीलाई घरमै पुगेर आर्थिक सहयोग गरेको हो । सरोकार समाजको विपत व्यवस्थापन समितिका संयोजक टेकराज शिवाकोटी र सचिब हरि खतिवडा र सलहाकार गणेश खरेलसहितको टोलीले मृतककी श्रीमती कर्ण कुमारी विक लाई नगद ५ हार ५ रुपैंया सहयोग गरेको समाजले जनाएको छ । कुल बहादुरको झण्डै ३ साता अघि कोरोना संक्रमणका कारण चरिकोटस्थित अस्पतालमा मृत्यु भएको थियो । मृतककी श्रीमती कर्ण कुमारीले थोरै भएपनि सहयोग गरेकोमा समाजप्रति आभार व्यक्त गरेकी छन् । सरोकार समाजले आफ्नो गाउँपालिका भित्र कोभिड संक्रमण नियन्त्रणका लागि अभियाननै चलाएर पिडितहरुलाई सहयोग गर्दै आएको छ । समाजले २ दिन अघि कालिञ्चोक गाउँपालिकाका १३ वटा स्वास्थ्य संस्थाहरुलाई अत्याबश्यक स्वास्थ्य सामाग्रीहरु मास्क सेनिटाइजर , अक्सिमिटर , थर्मल गन लगाएतका सामानहरु वितरण गरिसकेको समाजका सचिब हरि खतिवडाले जानकारी दिए ।

याे पढ्न छुटाउनु भयाे की ?

द्रुत गतिमा सम्पन्न भएको चरिकोट- जिरी सडक

shyam khatiwada

एक्जिम बैंकले जिम्मा लिएको दोलखाका ४६ गुम्बाको पुनर्निर्माण हुन सकेन , अन्य दर्जनौं अलपत्र

shyam khatiwada

नेपाली कांग्रेस दोलखा -काठमाण्डौ सम्पर्क समितिको अध्यक्षमा शिवाकोटी

shyam khatiwada
Gaurishankar Post