Gaurishankar Post
ब्रेकिंग

दई दिनदेखि थुनिएको तामाकोसी आंसिक रुपमा खुल्यो , जोखिम भने कायमै


दोलखा ५ असार,,
लगातारको वर्षातका कारण शुक्रबार रातिदेखिनै आएको बाढि र पहिरोले तिब्बतको टिंग्री काउण्टीस्थित रोङ्सी खोलामा थुनिएको तामाकोसी आंसिक रुपमा खुलाइएको छ ।
झण्डै २४ घण्टादेखि थुनिएको नदिले रोङ्सी खोला क्षेत्रमा ठुलो तालको रुप लिएपछि चिनिया टोलीले उक्त ताल खुलाउने प्रयास गरेको प्रयास अनुरुप शनिबार राति ९ बजेबाट आंसिक रुपमा खुलाइएको हो । पहिरोले नदि थुनिएपछि बनेको ताल खुलाउन चिनिया अधिकारी र सुरक्षाकर्मीको टोली शनिबार दिउसो देखि पहिरो स्थलमा खटिएको थियो । तिब्बतस्थित टिंग्री काउण्टीका सुरक्षा प्रमुखले दोलखा प्रशासनलाई टेलिफोन गरि थुनिएको नदिलाई आंसिक रुपमा खुलाइएको जानकारी आएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रि प्रसाद तिवारीले जानकारी दिएका छन् । उनका अनुसार उक्त तालमा झण्डै १ लाख घनमिटर पानी जम्मा भएकाले तामाकोसी नदिको तटिए क्षेत्रमा जोखिम भने कायमै रहेकाले सतर्क रहन स्थानीयहरुलाई अनुरोध समेत गरिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

झन्डै ५ बर्ष कर्येकाल मा न्याय हेल्थ नेपाल दोलखा को सफलता

sanjeet

दोलखाबाट छुटेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २० जना घाइते

shyam khatiwada

संस्कृतिविद् डा. जगमान गुरुङ नेपाल ऋषी उपाधिबाट सम्मानित

shyam khatiwada
Gaurishankar Post