Gaurishankar Post
ब्रेकिंग

दई दिनदेखि थुनिएको तामाकोसी आंसिक रुपमा खुल्यो , जोखिम भने कायमै


दोलखा ५ असार,,
लगातारको वर्षातका कारण शुक्रबार रातिदेखिनै आएको बाढि र पहिरोले तिब्बतको टिंग्री काउण्टीस्थित रोङ्सी खोलामा थुनिएको तामाकोसी आंसिक रुपमा खुलाइएको छ ।
झण्डै २४ घण्टादेखि थुनिएको नदिले रोङ्सी खोला क्षेत्रमा ठुलो तालको रुप लिएपछि चिनिया टोलीले उक्त ताल खुलाउने प्रयास गरेको प्रयास अनुरुप शनिबार राति ९ बजेबाट आंसिक रुपमा खुलाइएको हो । पहिरोले नदि थुनिएपछि बनेको ताल खुलाउन चिनिया अधिकारी र सुरक्षाकर्मीको टोली शनिबार दिउसो देखि पहिरो स्थलमा खटिएको थियो । तिब्बतस्थित टिंग्री काउण्टीका सुरक्षा प्रमुखले दोलखा प्रशासनलाई टेलिफोन गरि थुनिएको नदिलाई आंसिक रुपमा खुलाइएको जानकारी आएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रि प्रसाद तिवारीले जानकारी दिएका छन् । उनका अनुसार उक्त तालमा झण्डै १ लाख घनमिटर पानी जम्मा भएकाले तामाकोसी नदिको तटिए क्षेत्रमा जोखिम भने कायमै रहेकाले सतर्क रहन स्थानीयहरुलाई अनुरोध समेत गरिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

खेल क्षेत्रको विकास गर्नसकेमात्रै समुन्नत देश निर्माण हुन्छ -कांग्रेस नेता भण्डारी

shyam khatiwada

तामाकोसीको हकप्रद दोलखालीलाई डिम्याटको दायरा बढाउदै बिना झन्जट लगानी गराइने

shyam khatiwada

चिनिया कम्युनिष्ट पाटीको छैटौं अन्तराष्ट्रिय पुर्ण शभा, सिपिसि र दक्षिण यसियाली बामपन्थी दलसँग शासन व्यवस्थाबारे सेमिनार हुने

shyam khatiwada
Gaurishankar Post