Gaurishankar Post
देश ब्रेकिंग स्वास्थ्य

दोलखाको फस्कुमा बन्यो सुविधासम्पन्न स्वास्थ्य चौकी भवन

दोलखा २१ बैशाख
६ वर्षअघि गएको विनासकारी भुकम्पले क्षेतीग्रस्त बनाएको दोलखाको शैलुङ गाउँपालिकास्थित फस्कुमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लगानीमा निर्माण सम्पन्न भएको शैलुङ गाउँपालिका ७ स्थित फस्कु स्वास्थ्यचौकीको बुधबार साँचो हस्तान्तरण सहित औपचारीक उद्घाटन भएको हो । पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्लास्थित आयोजना कार्यान्वयन इकाइ भवन कार्यालयले मंगलबार निर्माण सम्पन्न भएको १० कोठे भवन शैलुङ गाउँपालिकालाई साँचो बुझाएसँगै मंगलबारनै सो भवनको उद्घाटन गरिएको हो । स्वास्थ्य चौकी भवनको औपचारिक उद्घाटन भने शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले एक समारोहकाबिच गरेका थिए ।
२०७६ असार १५ बाट निर्माण सुरु भएको उक्त भवन निर्माणको जिम्मा ड्रयागन, शिवालय, अविसा जेभीले पाएको थियो । पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्लास्थित भवन कार्यालयका प्रमुख इन्जिनियर अर्जुन तामाङले २०७७ चैत मसान्त भित्रै निर्माण सम्पन्न भएकाले मंगलबार स्थानीय तहलाई हस्तान्तरण सहित उद्घाटन गरि प्रयोगमा ल्याइएको जानकारी दिए । यसअघि जस्ताको कटेरोमा कष्टपुर्ण ढंगले सेवा लिदै आएका फस्कुका स्थानीयबासिन्दालाई सुविधासम्पन्न र पक्की भवन निर्माण भएसँगै खुसी छाएको उनिहरुले बताएका छन् ।
भवन उद्घाटन कार्यक्रममा शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले पक्की भवन निर्माण भएसँगै गाउँघरमा स्वास्थ्य सेवा प्रवाहाका लागि निकै सहज भएको बताए । उनले भुकम्पले धनजनको क्षेती गराएपनि संरचना निर्माणमा निकै ठुलो अवसर सिर्जना गरेको बताए । कार्यालयका प्रमुख इन्जिनियर अर्जुन तामाङले शैलुङ गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा पक्की भवन पुनर्निर्माण प्राधिकरणकै लगानीमा निर्माण गरिने गरि केहीको प्रकृया सुरु भएको र केहीको निर्माण अन्तिम चरणमा पुगेको जनाएका छन् ।
प्राधिकरणको जिल्लास्थित आयोजना कार्यान्वयन इकाई भवनले फस्कु स्वास्थ्यचौकी २०७६ को असार मसान्तमा डेढ वर्षभित्र सम्पन्न गर्ने गरि ड्रागन, शिवालय, अभिसा जेभी सँग निर्माणको सम्झौता गरेको थियो । कोभीडका कारण भएको लामोसमयको बन्दाबन्दीले काममा केही ढिलाई भएपनि समयमै पुनर्निर्माण सम्पन्न भएको भवन कार्यालयका प्रमुख इन्जिनियर तामाङले बताएका छन् । इन्जिनियर तामाङका अनुसार निर्माण सम्पन्न भएको भवन दुई तलाको छ । भवन उद्घाटन कार्यक्रममा कार्यालय प्रमुख तामाङले प्राविधिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
१० वटा कोठा रहेका भवनबाट स्थानीय स्वास्थ्य चौकीबाट प्रदान हुने सबै सेवाहरु सहज ढंगले प्रवाहा गर्न सकिने शैलुङ गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्यचौकीमा ओपिडी , औषधी वितरण कक्ष, भण्डार कक्ष , मातृशिसु तथा परिवार नियोजन कक्ष लगाएत स्टोर र कर्मचारी आवास गृहसमेत भवनमा रहने छन् । पक्की भवन निर्माण गरेबापत प्राधिकरणको मुल्य अविवृद्धि करबाहेक १ करोड २८ लाख २३ हजार बजेट खर्च भएको भवन कार्यालयको लेखा शाखाले जानकारी दिएको छ । प्राधिकरणले दोलखाका थप २१ स्वास्थ्य संस्थाको पक्की भवन निर्माणका लागि प्रकृया अघि बढाएको छ । जसका लागि नेपाल सरकार र भारतिय राजदुताबासले बजेट व्यवस्थापन गरेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
फोटो
नवविर्मित फस्कु स्वास्थ्य चौकी भवनको उद्घाटन तथा हस्तान्तरण सम्बन्धि केही तस्बिरहरु । तस्बिर – Gaurishankarpost.com

याे पढ्न छुटाउनु भयाे की ?

आगामी बजेटमा सञ्चारकर्मीका एजेण्डालाई प्राथमिकता दिइने मन्त्री पाण्डेको प्रतिबद्धता

shyam khatiwada

ठेकेदारको लापरबाहीले चरिकोट कृषि बजारका पसलमा ढल , लाखौंको क्षती

shyam khatiwada

खेल क्षेत्रको विकास गर्नसकेमात्रै समुन्नत देश निर्माण हुन्छ -कांग्रेस नेता भण्डारी

shyam khatiwada
Gaurishankar Post