Gaurishankar Post
देश ब्रेकिंग स्वास्थ्य

सरोकार समाजद्धारा कालिञ्चोक गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग


दोलखा १३ जेड

कालिञ्चोक सरोकार समाजले कोरोना महामारी नियन्त्रणका दोलखाको कालिञ्चोक गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा अत्याबश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।
समाजले कालिञ्चोक गाउँपालिकाका ९ वटा स्वास्थ्य चौकी , सिंगटी अस्पताल र सामुदायिक स्वास्थ्य इकाइहरु गरि १३ वटा स्वास्थ्य संस्थामा अत्याबश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो । दोलखाको कालिञ्चोक गाउँपालिका स्थायी घर भई राजधानी काठमाण्डौमा विभिन्न पेसा व्यवसाय गर्दै आएका युवाहरुको समुहद्धारा गठित कालिञ्चोक सरोकार समाजले कोभीड १९ र अन्य विपतजन्य घटनाहरुलाई लक्षित गरि स्थापना गरेको विपत व्यवस्थापन कोष मार्फत चलाएको अभियानबाट स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बिपत तथा उद्दार कोषका संयोजक टेकराज शिवाकोटीले जानकारी दिए । संयोजक शिवाकोटीले कोभिड संक्रमण समुदाय स्तरमा पुगेको र जसका कारण ग्रामिण बस्तीमा समेत कोरोनाका बिरामीहरु बढ्दै गएकाले समुदायमा सचेतना फैलाउनका साथै गाउँघरमा भएका सबै स्वास्थ्य संस्थाहरुलाई प्राथमिक उपचारका लागि स्रोत र साधन सम्पन्न बनाउन अत्याबश्यक स्वास्थ्य सामाग्री वितरण गरिएको जानकारी दिए । कालिञ्चोक सरोकार समाजले सिंगटी अस्पताल सहित पालिका भरिका सबै स्वास्थ्य संस्थाहरुमा दुई दुई थान अक्सिमिटर, एक एक थान थर्मल गन , दस लिटर सेनिटाइजर र प्रति स्वास्थ्य संस्था ५ सय थान ओरिजिनल सर्जिकल मास्क वितरण गरेको छ । गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुमा पुगेर समाजका पदाधिकारीले सामाग्री हस्तान्तरण गरेका छन् ।
सरोकार समाजले आफ्ना सबै पदाधिकारी, सदस्य र अन्य शुभचिन्तकहरुको व्यक्तिगत सहयोगबाट संकलन भएको रकमले सामाग्री खरिद गरि वितरण गरिएको सुन्द्रावति निबासी समाजका अध्यक्ष रामशरण दाहालले जनाएका छन् । अध्यक्ष दाहालले आफ्नो कमाइको थोरै भएपनि सानो अंस समाजमा जम्मा गर्ने गरेको र बाँकी रकम अभियानबाट संकलन गरि सहयोग अभियान चलाइएको बताए ।
बुधबार सरोकार समाजका पदाधिकारीहरुले गाउँमा वितरण गर्न ल्याइएको स्वास्थ्य सामाग्रीहरु कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामी र प्रमुख प्रशासकिय अधिकृत नवराज ओली सहितको भेलामा सार्वजनिक गरि वितरण गरेको छ । सामाग्री वितरणका लागि आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष बिनकुमार थामीले विपतमा आफ्नो गाउँ जोगाउन राजधानी बासी युवाहरुले गरेको सहयोगप्रति खुलेर प्रशंसामात्रै गरेनन् उनले आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्न गाउँपालिका खुल्ला रहेको बताए । अध्यक्ष थामीले महामारीबाट सिंगो समुदाय जोगाउन सकेमात्रै विकास र समृद्धिको सपना पुरा हुने बताएका छन् । सरोकार समाजमा कालिञ्चोक गाउँपालिका स्थायी घर भई हाल राजधानी बस्दै आएका युवाहरु रामशरण दाहाल , टेकराज शिवाकोटी ,गोपाल घिमिरे सरोज शिवाकोटी , हरि खतिवडा , बिमल थापा, भरत पाण्डे , महेश पाण्डे , दिपक खुलाल, हरिबाबु अर्याल , सञ्जीब पाण्डे, पदम पाठक , दिपक रेग्मी,रमेश पाण्डे, जगदिश खरेल , अम्बर भनिने अर्जुन खतिवडा , रमेश शिवाकोटी कमल पाण्डे पुष्पा आचार्य , सन्ध्या बस्नेत राजेन्द्र सोडारी लगाएतका युवाहरु प्रत्यक्ष रुपमा सक्रिय छन भने अन्य दर्जनौं युवाहरु यो अभियानमा संलग्न भएको समाजले जनाएको छ । समाजले आफ्नो गाउँपालिकाका नागरिकहरुका लागि क्रमश आबश्यक सहयोग गर्दै जाने सचिब हरि खतिवडाले जानकारी दिए । कोभिड संक्रमणका कारण कालिञ्चोक गाउँपालिकामा पहिलो पटक ज्यान गुमाउने सुनखानीका स्व. कुल बहदुर विककी श्रीमति कर्ण कुमारी विकलाई सरोकार समाजले नगद समेत सहयोग गरेको छ । उनलाई सामान्य घरखर्च गर्न भन्दै ५ हजार रकम घरमै पुगेर हस्तान्तरण गरिुएको संयोजक शिवाकोटीले जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

जेष्ठ नागरिकको भत्ता बोकेर घर घर पुगे गौरीशंकर ९ का अध्यक्ष शेर्पा

shyam khatiwada

५१ जना असहाय महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण

shyam khatiwada

बेगुम्पा र क्याङ पोलमा थुनिएका ३ वटा बोलेरो जीपको सोरुङ हुदै उद्धार

shyam khatiwada
Gaurishankar Post