Gaurishankar Post
समाचार

दोलखामा एकै दिन २ सुरक्षाकर्मी सहित ६ जनामा कोरोना पुष्टी


दोलखा ६ भदौ
दोलखामा एकै दिन २ जना सुरक्षाकमी सहित ६ जनालाई कोरोना पुष्टी भएको छ ।
भदौ २ गते भीमेश्वर नगरपालिकाबाट ६२ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएकामध्ये २ सुरक्षाकर्मी सहित ६ जनामा कोरोना पुष्टी भएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार भर्खरै तालिम सम्पन्न भई पासआउट भएर दोलखा खटिएका २ जना जवानहरु जिल्ला भित्रीएदेखिनै क्वारेन्टाइनमा थिए । क्वारेन्टाइन अवधि पुरा हुनै लाग्दा मंगलबार उनिहरु सहित ६२ जनाको स्वाब संकलन गरि परिक्षणका लागि धुलिखेल अस्पताल पठाइएको थियो । शनिबार साँझ कोरोना पोजेटिभ रिपोर्ट आएलगत्तै उनिहरुलाई आइसुलेसनमा पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । कोरोना पुष्टी भएका अन्य ४ जना भने ३ जना एनजीओकर्मी र एक जना स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलबार भीमेश्वर नगरपालिका सहित जिल्लाभरका ३ सय ३ जनाको स्वाब संकलन गरि पठाइएको थियो अन्यको भने रिपोर्ट आउन बाँकी रहेको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
३ एन्जीओकर्मी र एक स्वास्थ्यकर्मीमा संक्रमण
साउन अन्तिम साता खाद्य सुरक्षा तथा पोषण सुधार आयोजना नामक एक गैरसरकारी संस्थाले चितवनको टाँडीमा साउन १५ देखि २८ गते सम्म १४ दिने तालिम आयोजना गरेको थियो । उक्त तालिममा दोलखा सहित ८ जिल्लाका ३२ जना एनजीओकर्मीहरु सहभागी थिए । तालिम सकेर जिल्ला फर्केपछि सिन्धुपाल्चोक लगाएत अन्य जिल्लाका तालिममा सहभागी एनजिओकर्मीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि दोलखाबाट सहभागी हुनेहरुको स्वाब संकलन गरि पठाइएको थियो । उनिहरुमध्ये ३ जनाको भीमेश्वर नगरबाट र एक जनाको कालिञ्चोक गाउँपालिकाबाट स्वाब संकलन गरि पठाइएकोमा भीमेश्वरबाट पठाइएका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । १ जनाको भने कालिञ्चोक गाउँपालिकाबाट स्वाब संकलन गरि पठाइएकाले रिपोर्ट आइनसकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । स्रोतका अनुसार उक्त तालिममा सहभागी अन्य जिल्लाका एनजिओकमीहरुमा समेत कोरोना पुष्टी भैसकेको छ । दोलखामा भने चितवन बाट फर्केपछि तालिममा सहभागी भएका कर्मचारीहरु चरिकोट बजार सहित अन्य क्षेत्रमा खुलेआम हिडेको र गाउँ गाउमा खटिएको बुझिएको छ । उनिहरुको सम्पर्कबारे अध्ययन गरि आइतबारबाट कन्ट्रयाक ट्रेसिङ गरिने दोलखास्थित संकट व्यवस्थापन समितिले जनाएको छ । सरकारले सभा सम्मेलन तालिम गोष्ठी तथा भीडभाड हुने गतिबिधिमा रोक लगाएपनि एउटा एनजिओले उल्लंघन गरेको र जसका कारण संंक्रमण तिब्र भएको भन्दै उक्त एनजिओलाई तत्काल कार्बाही गर्न सरोकारवालाहरुले माग गरेका छन् । शनिबार पोजेटिभ रिपोर्ट आउनेमध्ये एक जना स्थानीय स्वास्थ्यकर्मी रहेको बताइएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाको चरणावतीमा नवाहा ज्ञान महायज्ञको तयारी तिब्र

shyam khatiwada

दोलखाको सिंगटीमा १५ सैंयाको अस्पताल उद्घाटन

shyam khatiwada

कोभिड संक्रमणबारे सचेतना फैलाउन माक्स वितरण गर्दै दोलखाका प्रजिअ शर्मा

shyam khatiwada
Gaurishankar Post