Gaurishankar Post
ब्रेकिंग

माैरिससका लागि अवैतनिक राजदूतमा गणेश कार्की नियुक्त

काठमाडाैं । सिंगटी हाइड्रोका कार्यकारी निर्देशक गणेश कार्की माैरिससका तर्फबाट नेपालका लागि अवैतनिक वाणिज्यदूत नियुक्त भएका छन् । 

नेपाल सरकार र माैरिसस सरकारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महावाणिज्यदूतमा नियुक्त गरेको हो । 

मौरिससले पठाएको पत्रको आधारमा नेपालस्थित परराष्ट्र मन्त्रालयले कार्कीलाई बिहीबार (भदौ ४ गते) देखि काम सुरु गर्न भन्दै नियुक्तिपत्र दिएको छ । उनको कन्सुलर क्षेत्र २०८१ भदौ ३ गते (सन् २०२४ अगष्ट १९) सम्म काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) कायम रहने उल्लेख छ ।

परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले गणतन्त्र मौरिससका राष्ट्रपति पृथ्वीराजसिं रुपुनले पठाएको पत्रको आधारमा काठमाडौं उपत्यकामा अवस्थित हुने गरी कार्कीलाई अवैतनिक वाणिज्यदूत नियुक्त गरेका हुन् । 

उनी स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)का उपाध्यक्ष समेत हुन् । 

माैरिससका लागि वाणिज्यदूत नियुक्त भएपछि कार्कीले लुम्बिनी भ्वाइससँगको कुराकानीमा भने, ‘माैरिससको नेपालमा दुतावास छैन् । मैले अव नेपालबाट गर्नुपर्ने काम तथा सहजीकरण गर्नेछु । दुबै देशको हीतका निम्ति केहि नयाँ गर्ने प्रयास गर्नेछु । अधिकांश जनसंख्या हिन्दू रहेको अफ्रिकी मुलुक मौरिसस पर्यटनका लागि आकर्षक ठाउँ हो । त्यहाँबाट नेपालमा पर्यटन भित्र्याउनका लागि पनि मैले सक्दो प्रयास गर्नेछु ।’

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा गठबन्धनले भारी अन्तरले निर्वाचन जित्दैछौं – कांग्रेस नेता तारा खड्का

shyam khatiwada

कालिञ्चोकमा यो वर्षकै पहिलोपटक हिमपात, पर्यटकलाई निम्तो

shyam khatiwada

संगठित हुँदै कांग्रेस निकट थामी समुदाय , काठमाडौंमा केन्द्रीय तदर्थ समिति गठन

shyam khatiwada
Gaurishankar Post