Gaurishankar Post
अर्थ र बाणिज्य ब्रेकिंग

दोलखामा नामसालिङको ४ वर्षे समिक्षा, कालिञ्चोकमा उल्लेख्य प्रगति भएको निष्कर्श

श्याम खतिवडा/दोलखा २५ मंसिर


विनासकारी भुकम्प पछि दोलखामा राहत उद्धार र पुनस्थापनाको अभियान बनाउदै जिल्ला प्रवेश गरेको नामसालिङ सामुदायिक विकास केन्द्रले आफ्नो ४ वर्षे कार्यकालको समिक्षा गरेको छ ।
बिहिबार जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित जिल्लास्तरिय सरोकारवालाहरुको बैठकमा ४ वर्षको अवधिमा नामसालिङले गरेका गतिविधिका कारण कालिञ्चोक गाउँपालिकाका केही वडाहरुमा उल्लेख्य प्रगति भएको निष्कर्श निकालिएको हो । नामसालिङले भुकम्प पछिको एक वर्ष राहत , उद्धार र पुनस्थापना सँगै नविकरणिय उर्जा तथा अन्य शिर्षकमा कार्यक्रम सञ्चालन गरेको थियो । २०७३ बाट एकिकृत सामुदायिक विकास को अवधारणा अनुरुप आदा दर्जन भन्दा धेरै विषयहरुसँग सम्बन्धित कार्यक्रम सुरु गरिएको संस्थाका शुसासन संयोजक विनोद निरौलाले जानकारी दिए ।


एकिकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत नामसालिङले कृषि तथा पशुपालन क्षेत्रमा गरेका कामहरु किसानका लागि फलदायी र बहुउपयोगी भएको कालिञ्चोक गाउँपालिका १ का वडाअध्यक्ष बाबुलाल थामीले बताए । उनले गोठ सार्ने पद्धतिको अन्त्य हुँदा कृषि उत्पादनमा बृद्धि हुनका साथै समयको बचत र प्रांगरिक मल बनाउन सहज भएको जनाएका छन् । नामसालिङले कालिञ्चोक गाउँपालिका १, ५ र ६ मा झण्डै ६ सय सुधारिएको गोठ र लगभग ४ सय किसानका घरमा कतै कुखुरा तथा कतै बाख्राको सुधारिएको व्यवस्थित खोर निर्माणका लागि आर्थिक ,प्राविधिक सहयोग गरेको बैठकमा सहभागी किसानहरुले जनाएका छन् । एकिकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत नामसालिङले पोषण तथा खाद्य सुरक्षा कार्यक्रम , जलवायुमैत्री कृषि पद्धति , शुसासन तथा संस्थागत विकास , समुदायको आयआर्जनमा बृद्धि र लैंगिक तथा सामाजिक समाबेसीकरण जस्ता शिर्षकहरुमा ४ वर्षदेखि निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको नामसालिङका कार्यकारी निर्देशक हिराकाजी घलेले जानकारी दिए । निर्देशक घलेले वैकल्पीक सिञ्चाई प्रविधि , करेसाबारी तथा घरबगैंचा प्रबर्धन कार्यक्रम , नविकरणिय उर्जा जस्ता महत्वपुर्ण कार्यक्रम प्राथमिकताका साथ सम्पन्न भएको जनाएका छन् । निर्देशक घलेले ४ वर्षको अवधिमा कालिञ्चोक गाउँपालिकाका ३ वटा वडामा झण्डै ३ करोड बजेट खर्च भएको जानकारी दिए ।
कालिञ्चोकमा उल्लेख्य प्रगति – सहभागी
बिहिबार चरिकोटस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित जिल्लास्तरिय सरोकारवालाहरुको बैठकका अधिकांस सहभागीहरुले नामसालिङले कालिञ्चोकमा गरेको विभिन्न कार्यक्रमहरुको प्रभाबबाट समुदाय स्तरमा उल्लेख्य प्रगति भएको जनाएका छन् । खास गरि भुकम्प पछि साबिकको कालिञ्चोक गाविस अर्थात हालको वडा नम्बर १ अतिनै विकट तथा अविकसित हुँदाको परिस्थिती र हालको अवस्था अवलोकन गर्दा मात्रै संयौं परिवर्तनहरु भएको र जसको श्रेय नामसालिङलाईनै दिनुपर्ने सहभागीहरुको तर्क थियो । त्यसबाहेक गाउँपालिकाको वडा नम्बर ५ र ६ मा भने किसानहरुलाई आय आर्जनमुखी नगदेबाली तथा अन्य एकिकृत विकास सँग सम्बन्धित कार्यक्रमको प्रभाबले निकै ठुुलो परिवर्तन भएको कालिञ्चोक ५ का वडाअध्यक्ष सुवास थामीले बताए । उनले उक्त पद्धति संस्थागत गर्न स्थानीय सरकारको तर्फबाट आबश्यक पहल गर्ने जनाएका छन् ।
निरन्तरताका लागि अनुरोध
नामसालिङको ४ वर्षे कार्यकाल यही डिसेम्बरमा सम्पन्न हुदैछ । बैठकमा सहभागी सरोकारवालाहरुले कार्यक्रमको निरन्तरताका लागि अनुरोध गरेका छन् । उनिहरुले कार्यक्षेत्र विस्तार सहित निरन्तरता दिन दातृ निकायका प्रतिनिधि सहित नामसालिङका पदाधिकारीहरुलाई स्थानीयको तर्फबाट थप सहयोग गर्ने प्रतिबद्धता सहित आग्रह गरेका हुन् । समन्वय बैठकमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे , कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामी , गाउँपालिकाका अधिकांस वडाअध्यक्षहरु , कालिञ्चोकका प्रमुख प्रशासकिय अधिकृत नवराज ओली , दातृ निकाय डिएफका प्रतिनिधि योगी कायस्थ , कृषि विज्ञ डा. योगेन्द्रमान श्रेष्ठ , अगुवा चिया कृषक तथा जिल्लास्थित सञ्चारकर्मीहरु सहभागी थिए । समन्वय बैठक पश्चात ग्रामिण तहमा भएका गतिविधिहरु प्रत्यक्ष अवलोकन गर्न दातृ निकायका प्रतिनिधि सहित सिंगो टोली समुदायस्तरमा खटिएको नामसालिङ सामुदायिक विकास केन्द्र दोलखा शाखाका फिल्ड संयोजक राजन क्षेत्रीले जानकारी दिएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा उद्योग वाणिज्य संघद्धारा यस वर्षको सदस्यता नविकरण शुल्क मिनाहा

shyam khatiwada

कालिञ्चोकका किसानलाई जुम्लाको स्याउको विरुवा

shyam khatiwada

निर्माण क्षेत्रका हस्ती बालकृष्ण थापा , दोलखाबाट कांग्रेस महाधिबेशनमा भिड्दै

shyam khatiwada
Gaurishankar Post