Gaurishankar Post
कला र संस्कृति समाचार

दोलखामा बाल बिवाहा हुन बाट रोक

चरिकोट १ पुस
दोलखामा केहि दिन अघि हुन लागेको बाल बिवाहामा रोक लगाइएको छ ।
१४ वर्षिया बालिका र अन्दाजी २५ वर्षका पुरुषबिच हुन लागेको गैरकानुनी विवाहा गर्न बाट रोक लगाइएको हो । विशेष सुचनाका आधारमा सम्पन्न हुन लागेको गैरकानुनी विवाहा रोकिएको जिल्ला समन्वय समिति दोलखाका बाल बिवाहा मुक्त प्रदेश सहजकर्ता राजन बस्नेतले जानकारी दिए ।
१४ वार्षिय बालिका र २४ ,२५ बर्ष उमेर रहेका युवाको बिवाहा स्थानीय श्रोत बाट आएको जानकारीका आधारमा बाल बिवाहा रोकिएको हो ।
स्थानीय बासिले बाल बिवाहा हुन लागेको खबर सम्बन्धित निकायमा जानकारी दिए लगत्तै सम्बन्धित निकायले सोधपुछ गर्दा बाल बिवाहा हुन लागेको प्रमाणका आधारमा बाल बिवाहा रोक्नका लागी आवाश्यक सल्लाह ,सुझाव र निर्देशन समेत दिइएको बाल अधिकार कर्मी बस्नेतले बताए ।
भीमेश्वर नगरपालिका र बाल अभियानताको विशेष सक्रियतामा बाल बिवाहा हुन बाट रोकिएको सहजकर्ता बस्नेतले जानकारी दिए । बिवाहा हुन लागेकी १४ वार्षिय बालिकालाई अभिभावकको जिम्मा समेत लगाइएको छ । बाल बिवाहा गर्ने जोडीको परिचय र ठेगाना भने गोप्य राखीएको छ ।
बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ ,३० ख मा बिवाहा गर्ने उमेर २० बर्ष नपुगी कसैले बालबालिकाको बिवाहा तय गर्ने ,बिवाहा गर्ने वा गराउनेलेलाई बालबालिका विरुद्धको कसुर मानी ७५ हजार रुपैयाँ सम्म जरिवाना र ३ बर्ष सम्म कैद सजाय हुने कानुनी ब्यबस्था रहेको अधिकार कर्मी बस्नेतले बताए । बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । गत हप्ता दोलखामा विवाह बन्धनमा बाँधिएका एक जोडीलाई प्रहरीको सहयोगमा आ–आफ्नै घरमा फिर्ता पठाएको थियो ।

यही मंसिर महिनामा विवाह गरेका १८ वर्षिय वालक र १७ वर्षिय वालिकालाई आ—आफ्नै अभिभावकको जिम्मा लगाईएको अधिकार कर्मी बस्नेतले बताए । गत बर्ष भने दोलखामा बाल बिवाहा शन्यू रहेको बस्नेतको भनाइ छ । प्रदेश र स्थानीय तहका एउटै सन्देश बाल बिवाहा मुक्त हाम्रो प्रदेश भन्ने मुल नाराका साथ बागमती प्रदेश अन्तर्गत जिल्ला समन्वय समिति दोलखाले स्थानीय निकायहरूको सहयोगमा बालबालिका सम्बन्धित विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको जिल्ला समन्वय समिति दोलखाका प्रबक्ता मुरारी राज सिवाकोटीले जानकारी दिए ।

याे पढ्न छुटाउनु भयाे की ?

सिंगटी खोलाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो

shyam khatiwada

दोलखामा पहिलोपटक खुल्यो दुई तारे होटल एम्ब्रोसिया

shyam khatiwada

डेपुटी सिइओको मानशिक यातना , बेहोस भएर ढलेका शाखा प्रबन्धक भण्डारीको होस खुल्यो , दोषीउपर कारबाहीको माग

shyam khatiwada
Gaurishankar Post