Gaurishankar Post
ब्रेकिंग वाग्मती समाचार

दोलखामा बसको ठक्करले मोटरचाइकल चालकको मृत्यु


इश्वरबल्लभ थापा
दोलखा २ असोज
,,
जिल्लाको भीमेश्वर नगरपालिका ७ स्थित मकैबारीमा बसको ठक्करले मोटरसाइकल चालकको ज्यान गएको छ ।
शनिबार मध्यान्ह मकैबारीमा भएको दुर्घटनामा मोटरसाईकल चालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का २४ वर्षिया सन्तोष थामीको ज्यान गएको हो ।
दोलखा भीमेश्वर मन्दिर दर्शन गरि काठमान्डौँ तर्फ जाँदै गरेको बा ३ ख ४७३३ नम्बरको बसले मकैबारीबाट चरिकोट तर्फ आउँदै गरेको बा ९७ प ७९३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाईकालमा सवार ३ जना मध्य चालक सन्तोष थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दुर्घटनमा परि भीमेश्वर नगरपालिका वडा नम्बर एक सुष्पाक्षमवतीकि ५० वर्षिया शारदा थामी र सोहि स्थानकी १९ वर्षिया सुजिता थामी गम्भीर घाईते भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अञ्जान कोइरालाले जानकारी दिए । घाईतेहरु मध्य सारदा थामीको अवस्था गम्भीर रहेको छ भने सुजिता थामीको अवस्था सामन्य रहेको कोइरालालले जनाएका छन् । घाईते दुवैजनालाई थप उपचारका काठमान्डौँ रिफर गरिएको चरिकोट अस्पतालले जनाएको छ । बस र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अघि बढाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा दोलखाबाट ३ नेता केन्द्रिय सदस्यमा निर्वाचित

shyam khatiwada

कालिञ्चोकका कोभिड संक्रमित १४२ घरधुरीमा नामसालिङको पोषण सहित खाद्यान्न सहयोग

shyam khatiwada

‘अजयबाबुले पर्दाफास गरेका दुई ठुला घटनाले नै देशमा कम्युनिष्ट पार्टीको पतन शुरु भयो’

sanjeet
Gaurishankar Post