Gaurishankar Post
राजनीति

नेपाली कांग्रेस दोलखाको महाधिबेशन प्रतिनिधि( दलित) तर्फ नबराज रिजालको उम्मेदवारी घोषणा


नेपाली कांग्रेस दोलखाका प्रभाबसाली युवा नेता नबराज रिजाल कांग्रेसको आशन्न जिल्ला अधिबेशनमा दलित तर्फबाट महाधिबेशन प्रतिनिधि पदमा प्रतिष्पर्धा गर्दै छन् ।
लामो समयदेखि जिल्लामा बसेर अजबरत रुपमा पार्टीको काममा खटिएका नेता रिजालले दलित तर्फको महाधिबेशन प्रतिनिधि पदमा उम्मेदवारी दिन लागेका हुन् । बुधबार कांग्रेस पाटी कार्यालयमा आयोजित छलफल कार्यक्रममा रिजालले उम्मेदवारी घोषणा गरेका हुन् । जिल्लामा पछाडिी पारिएका समुदायको हक अधिकाकारका लागि लामो समयदेखि कृयाशिल रहँदै आएका नेता रिजालले नेपाली कांग्रेसको पार्टी संगठन निर्माणमा पनि उल्लेखनिय भुमिका निर्वाहा गर्दै आएको जिल्ला नेताहरुले बताएका छन् । रिजाल दोलखा कांग्रेसमा भीमेश्वर नगरपालिका ६ बाट प्रतिनिधित्व गर्छन् । रिजाल जिल्लामा नेपाल तरुण दल , दलित संघ र सहकारी क्षेत्रबाट सांगठानिक संस्थागत काममा खटिदै आएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

लोकतन्त्रको उपहास

shyam khatiwada

एमालेको १० औं महाधिबेशनका लागि दोलखाबाट सबै प्रतिनिधि सर्बसम्मत

shyam khatiwada

दोलखा कांग्रेसले असोज १ गतेबाट १०० दिने अभियान चलाउने , हेर्नुहोस संयुक्त बैठकका निर्णय

shyam khatiwada
Gaurishankar Post