Gaurishankar Post
ब्रेकिंग

दोलखामा मतगणनाको माग गर्दै गठबन्धनका उम्मेद्वार धर्नामा


दोलखा ७ मंसिर,,,
मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतगणनाको माग गर्दै दोलखामा लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्वारहरु धर्ना बसेका छन् ।
निर्वाचन सम्पन्न भएको ३ दिन पुरा भैसक्दा पनि मतगणना सुरु नगरेको भन्दै उम्मेद्वारहरु धर्ना बसेको हुन् । मतदान भएको ३ दिनसम्म मतगणना सुरु नगरेको भन्दै गठबन्धनका साझा उम्मेद्वारहरु प्रतिनिधि सभाका गंगा कार्की , प्रदेश क्षेत्र १ का कुन्दनराज काफ्ले र २ का बर्मा लामा धर्ना बसेका छन् । यसअघि मतगणनास्थल तोकिएको चरिकोटको गौरीशंकर क्याम्पस अगाडी गठबन्धनका उम्मेद्वार र अन्य केही नेता कार्यकर्ताहरु धर्नामा बसिरहेका छन् । निर्वाचनमा धाँदली भएको र गठबन्धनका कार्यकर्ताहरुले बुथ क्याप्चर गरी एकलौटी मत हालेको आरोप लगाउदै नेकपा एमालेका उम्मेद्वारले उजुरी गरेका थिए । उक्त उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोग पठाएको र आयोगले तत्काल मतगणना नगर्न भनेपछि मतगणना सुरु गर्न नसकिएको दोलखाका सहायक मतदान अधिकृत शिव पोखरेलले बताएका छन् । यता गठबन्धन दलका कार्यकर्ताहरुले भने तत्काल मतगणना सुरु गर्न माग गर्दै दैनिकै बिरोधका कार्यक्रम गरिरहेका छन् । गठबन्धन दलका युवा संगठनहरुले कहिले जुलुस त कहिले मोटरसाइकल ¥याली जस्ता बिरोधका कार्यक्रमहरु गर्दै निर्वाचन कार्यालय र मातहतका निकाय विरुद्ध नाराबाजी गरिरहेका छन् ।
एमालेको उजुरीउपर निर्वाचन आयोगले बुधबार आयोगका सहसचिब यज्ञप्रसाद भट्टराई नेतृत्वको तिन सदस्यीय टोली दोलखा पठाएको छ । उक्त टोलीले अध्ययन गरिरहेको र अध्ययनपश्चात प्रतिबेदन बुझाएपछि आयोगले निर्णय गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार गंंगा कार्कीले जिल्लाका सबै मतपेटिका सदरमुकाम भित्रीसकेको र मतदान केन्द्रहरुमा नियम अनुसार दलका सबै प्रतिनिधिहरुको रोहबरमा मुचुल्का गरी सौहार्दपुर्ण ढंगले निर्वाचन सम्पन्न हुँदा पनि अनेकन बाहानामा मतगणना रोकिनु लोकतन्त्रकै उपहास भएको बताएका छन् । उनले कानुनी राज्यको उपहास भएको भन्दै तत्काल गणना सुरु नगरे बिसौं हजार जनता सडकमा उत्रीने चेतावनी दिएका छन् ।
एमालेले भने केही निर्बाचन क्षेत्रमा पुःन मतदान हुनुपर्ने माग गरेको छ । मतदानका क्रममा झडप भएका मतदान केन्द्रहरुमा पुःन मतदान भएपछि मात्रै मतगणना हुने एमालेको उजुरीमा उल्लेख छ । यता कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका दोलखा प्रदेश १ का उम्मेद्वार कुन्दन काफ्लेले तत्काल मतगणनाको वातावरण बनाउन निर्वाचन आयोग र मातहतका निकायहरुसँग माग गरेका छन् । उनले यस अघिको इतिहाँसमा दोलखामा कहिलेपनि पुन निर्वाचन नभएको र यो पटकको निर्वाचन सौहार्दपुर्ण ढंगले सम्पन्न भएको भन्दै अनाबश्यक लाञ्छना नलगाउन र हारको मानशिकता बनाएर जनतालाई दुख दिने काम नगर्न विपक्षी दललाई आग्रह गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

शैलुङका जनप्रतिनिधिको ४० लाख पारिश्रमिक विपत तथा कोरोना कोषमा

shyam khatiwada

संस्कृतिविद् डा. जगमान गुरुङ नेपाल ऋषी उपाधिबाट सम्मानित

shyam khatiwada

दोलखामा जेष्ठ नागरिक सेवाकेन्द्र सञ्चालनका लागि देवि भागवत महायज्ञ सुरु

shyam khatiwada
Gaurishankar Post