Gaurishankar Post
नेपाल समाचार

दोलखामा सुरक्षागार्डको हत्या गरि सहकारी लुट्ने २ आरोपीत काठमाडौंमा पक्राउ

दोलखा १६ मंसिर,,,
दोलखाको गौरीशंकर गाउँपालिका १ जुँगुस्थित राजपुको हिमचुली बहुउद्देश्शयीय सहकारीमा चोरी गरि सुरक्षा गार्डको हत्या गरेको आरोपमा दोलखाका २ जना युवालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
कात्र्तिक १० गते बेलुकी घरपरिवारसँगै खाना खाएर डिउटीमा गएका सहकारीका सुरक्षा गार्डको हत्या गरि नगद १ लाख ८५ हजार ७ सय ८० चोरी गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले २ युवालाई पक्राउ गरेको हो । कात्तिक १० गते रातिको समयमा ६८ वर्षिय सुरक्षा गार्ड बाबुराम भनिने पुर्ण बहादुर खड्काको बिभत्स हत्या गरि सहकारीको १ लाख ८५ हजार ७ सय ८० रुपैंया चोरेर फरार रहेका गौरीशंकर १ जुँगु अर्थात सोही गाउँका २७ वर्षका विक्रम कार्की र २० वर्षका शुमन कार्कीलाई व्युरोको टोलीले सिआइबिका प्रवक्ता बसन्त बहादुर कुँवरले जानकारी दिए । कुँवरका अनुसार विक्रमलाई तिनकुने र सुमनलाई चुच्चेपाटीबाट नियन्त्रणमा लिइएको थियो । उनिहरुको साथबाट मृतक पुर्ण बहादुरको १ थान मोवाइल र लुटिएको रकममध्ये १ लाख ३८ हजार २ सय ६५ रुपैंया बरामद गरि थप अनुसन्धानका लागि दोलखा पठाइएको सिआइबिले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

हाम्रो कार्यकालको सम्पुर्ण ध्याननै समुन्नत कालिञ्चोक बनाउन हुनेछ – गठबन्धन उम्मेद्वार

shyam khatiwada

भिम बहादुर स्मृति भवन आलम्पुको सांसद लामाद्धारा उद्घाटन

shyam khatiwada

नेपाली कांग्रेस दोलखा -काठमाण्डौ सम्पर्क समितिको अध्यक्षमा शिवाकोटी

shyam khatiwada
Gaurishankar Post