Gaurishankar Post
नेपाल समाचार

दोलखामा सुरक्षागार्डको हत्या गरि सहकारी लुट्ने २ आरोपीत काठमाडौंमा पक्राउ

दोलखा १६ मंसिर,,,
दोलखाको गौरीशंकर गाउँपालिका १ जुँगुस्थित राजपुको हिमचुली बहुउद्देश्शयीय सहकारीमा चोरी गरि सुरक्षा गार्डको हत्या गरेको आरोपमा दोलखाका २ जना युवालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
कात्र्तिक १० गते बेलुकी घरपरिवारसँगै खाना खाएर डिउटीमा गएका सहकारीका सुरक्षा गार्डको हत्या गरि नगद १ लाख ८५ हजार ७ सय ८० चोरी गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले २ युवालाई पक्राउ गरेको हो । कात्तिक १० गते रातिको समयमा ६८ वर्षिय सुरक्षा गार्ड बाबुराम भनिने पुर्ण बहादुर खड्काको बिभत्स हत्या गरि सहकारीको १ लाख ८५ हजार ७ सय ८० रुपैंया चोरेर फरार रहेका गौरीशंकर १ जुँगु अर्थात सोही गाउँका २७ वर्षका विक्रम कार्की र २० वर्षका शुमन कार्कीलाई व्युरोको टोलीले सिआइबिका प्रवक्ता बसन्त बहादुर कुँवरले जानकारी दिए । कुँवरका अनुसार विक्रमलाई तिनकुने र सुमनलाई चुच्चेपाटीबाट नियन्त्रणमा लिइएको थियो । उनिहरुको साथबाट मृतक पुर्ण बहादुरको १ थान मोवाइल र लुटिएको रकममध्ये १ लाख ३८ हजार २ सय ६५ रुपैंया बरामद गरि थप अनुसन्धानका लागि दोलखा पठाइएको सिआइबिले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

महावाणिज्य दुत कार्कीलाई युरोपियन विश्वविद्यालयको मानार्थ विद्यावारिधी

shyam khatiwada

कोभिडका कारण कालिञ्चोक गाउँपालिकामा पहिलो पटक ज्यान गुमाउनेको परिवारलाई नगद सहयोग

shyam khatiwada

व्यवसायीक कृषीतर्फ आकर्शित हुँदै कालिञ्चोकका किसान

shyam khatiwada
Gaurishankar Post