Gaurishankar Post
नेपाल समाचार

दोलखा एमालेको डिजिटल प्रतिबद्धता, पुरानै एजेण्डालाई निरन्तरता


दोलखा २२ कात्तिक,,
नेकपा एमाले दोलखाले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन २०७९ लाई लक्षित गर्दै डिजिटल प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । चरिकोटस्थित एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाले केन्द्रको घोषणापत्र बाहेक जिल्लाको छुट्टै डिजिटल प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । एमालेका प्रचार विभाग प्रमुख एवं जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरले प्रविधिको प्रयोग गर्दै डिजिटल प्रतिबद्धता निर्माण गरि मतदाता माझ पुग्न एमालेले नयाँ सुरुवात गरेको जानकारी दिए ।
प्रतिबद्धतापत्रमा दोलखा एमालेले पुरानै एजेण्डाहरुलाई निरन्तरता दिएको छ । सडक, विद्युत, खानेपानी, कृषि तथा अन्य क्षेत्रलाई व्यवस्थित बनाएर लैजाने प्रतिबद्धतामा उल्लेख छ । एमालेले मुख्यतया उत्तर दक्षिण लोकमार्ग अन्तर्गतको लामाबगर फलाक सडक , तामाकोसी तेस्र्रो जलविद्युत आयोजना निर्माणको थालनी, फिल्म सिटी निर्माणको काम पुरा गर्ने जस्ता विषयहरु अघि सारेको छ । कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्यहरु आनन्द पोखरेल, पार्वत गुरुङ, जिल्ला इन्चार्ज सरस्वती बस्नेत, रचना खड्का लगाएतका नेताहरु सहभागी थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

ज्वरो आएका बिरामीलाई विगु गाउँपालिकाको एक एक थान डिजिटल थर्मोमिटर

shyam khatiwada

कोभिडका कारण कालिञ्चोक गाउँपालिकामा पहिलो पटक ज्यान गुमाउनेको परिवारलाई नगद सहयोग

shyam khatiwada

नेपालकाे नयाँ नक्सा HD Quality मा डाउनलाेड गर्नुहोस्

sanjeet
Gaurishankar Post