Gaurishankar Post
नेपाल समाचार

दोलखा एमालेको डिजिटल प्रतिबद्धता, पुरानै एजेण्डालाई निरन्तरता


दोलखा २२ कात्तिक,,
नेकपा एमाले दोलखाले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन २०७९ लाई लक्षित गर्दै डिजिटल प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । चरिकोटस्थित एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाले केन्द्रको घोषणापत्र बाहेक जिल्लाको छुट्टै डिजिटल प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । एमालेका प्रचार विभाग प्रमुख एवं जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरले प्रविधिको प्रयोग गर्दै डिजिटल प्रतिबद्धता निर्माण गरि मतदाता माझ पुग्न एमालेले नयाँ सुरुवात गरेको जानकारी दिए ।
प्रतिबद्धतापत्रमा दोलखा एमालेले पुरानै एजेण्डाहरुलाई निरन्तरता दिएको छ । सडक, विद्युत, खानेपानी, कृषि तथा अन्य क्षेत्रलाई व्यवस्थित बनाएर लैजाने प्रतिबद्धतामा उल्लेख छ । एमालेले मुख्यतया उत्तर दक्षिण लोकमार्ग अन्तर्गतको लामाबगर फलाक सडक , तामाकोसी तेस्र्रो जलविद्युत आयोजना निर्माणको थालनी, फिल्म सिटी निर्माणको काम पुरा गर्ने जस्ता विषयहरु अघि सारेको छ । कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्यहरु आनन्द पोखरेल, पार्वत गुरुङ, जिल्ला इन्चार्ज सरस्वती बस्नेत, रचना खड्का लगाएतका नेताहरु सहभागी थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

खतिवडा नेपाली कांग्रेस तरुण विभागको केन्द्रिय सदस्यमा नियुक्त

shyam khatiwada

कालिञ्चोक गाउँपालिकामा प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

shyam khatiwada

दोलखा सिंगटी सडकको हालत, पोखरीमा डुबुल्कीदै दौडिन्छन सवारी

shyam khatiwada
Gaurishankar Post