Gaurishankar Post
नेपाल समाचार

नेकपा एमाले दोलखाको जिल्ला अधिबेशन , अध्यक्षमा नर श्रेष्ठद्धारा उम्मेद्धारी घोषणा

नेकपा एमाले दोलखाका उपाध्यक्ष नरबहादुर श्रेष्ठले गृह गाउँपालिकाबाट नेकपा एमालेको आसन्न जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेद्धारी घोषणा गरेका छन् । 

मंगलबार गृह गाउँ भेड्पुमा आफ्नै गाउँपालिका कमिटिको बैठक मार्फत श्रेष्ठले आसन्न्न एमाले अधिवेशनमा पार्टी अध्यक्षको उम्मेद्धारी घोषणा गरेका हुन् । उनी सोही गाउँपालिकाका अध्यक्ष समेत हुन् । 
‘आजको १० दिन पछि पार्टी जिल्ला अधिवेशन हुदैछ’ बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले भने – ‘एमालेलाई दोलखाको एक नम्बर पार्टी बनाउने उद्धोष सहित आफ्नै जन्मभुमीबाट जिल्ला पार्टी अध्यक्षको उम्मेद्धारी घोषणा गर्दछु’ । उनले आफु अध्यक्ष भएपछि गर्ने कामहरुको खाका समेत सुनाएका थिए । 

‘दोलखा एमालेलाई संस्थागत सुधार सहित पार्टी भित्र बैचारिक नेताहरु तयार गर्दै जाने मेरो लक्ष्य हुनेछ’ उनले भने  । श्रेष्ठले आफु अध्यक्ष भएपछि हरेक स्थानिय तहमा कार्यकर्ता कल्याणकारी कोष स्थापना गर्ने र उक्त कोष मार्फत कार्यकर्तालाई परेको अफ्ठेरो र विपत्तीमा सहयोग गर्ने आफ्नो योजना रहेको सुनाए । 


श्रेष्ठलाई पालिकाका जिल्ला स्तरिय नेताहरुले शुभकामना दिएका छन् । एमालेको जिल्ला कमिटिमा प्रभाव राख्ने मेलुङ गाउँपालिकाका नेताहरु धर्मेन्द्र मोक्तान, विदुर शर्मा, गायत्री आचार्य, शिवहरी थापा, पालिका ईन्चार्ज एवं जिल्ला सचिवालय सदस्य हिरा थोकरले श्रेष्ठलाई शुभकामना दिएका थिए ।


पालिका भित्रको आन्तरिक पार्टी विवादका कारण कुनै समय सम्बन्ध नरहेका आफ्नै गाउँपालिकाका नेताहरु उनकै पक्षमा उभिएको एक सदस्यले सुनाए । जिल्ला नेता शर्मा सहितका नेताहरुले श्रेष्ठको आफ्नै जन्मभुमीबाटछ उम्मेद्धारी घोषणा भएको तस्विर सहित सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।


यसै बिच सोही बैठक मार्फत जिल्ला सचिवालय सदस्य हिरा थोकरले एमाले जिल्ला अधिवेशनमा सचिव पदमा उम्मेद्धारी दिने घोषणा गरेका छन् ।

दोलखा एमालेमा अधिवेशन नजिकिदै जादा सरगर्मी बढेको छ । श्रेष्ठ संगै नेताहरु भरत केसी, भरत दुलाल, डबल पाण्डेले समेत जिल्ला अध्यक्ष पदमा आकाँक्षा राख्दै उम्मेद्धारी दिने तयारी गरेका छन् । औपचारिक रुपमा अध्यक्ष उम्मेद्धारी घोषणा गर्ने श्रेष्ठ भने पहिलो हुन् ।

याे पढ्न छुटाउनु भयाे की ?

ज्वरो आएका बिरामीलाई विगु गाउँपालिकाको एक एक थान डिजिटल थर्मोमिटर

shyam khatiwada

दोलखाका स्वास्थ्य संस्थाहरुलाई इपानको स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada

दोलखामा ९६ हजार भेडाबाख्रालाई पिपिआर खोप लगाइने

shyam khatiwada
Gaurishankar Post