Gaurishankar Post
नेपाल समाचार

कालिकोटमा भारतबाट आएकालाई क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णालीमा खस्यो, ३३ बेपत्ता

कालिकोटमा भारतबाट आएकाहरूलाई क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णाली नदीमा खसेको छ।

नरहरिनाथ गाउँपालिका-१ लालीबजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो।

बुधवार बिहान खसेको टिपरमा ३९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। तीमध्ये ६ जनाको उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजीव बस्नेतले जानकारी दिए।

‘मान्छे बोकेर लिएको टिपर दुर्घटना भएको रहेछ, ३९ जना त्यसमा भएको प्रारम्भिक जानकारी आएको छ,’ एसपी बस्नेतले भने, ‘तीमध्ये ६ जनाको उद्धार भएको छ, टिपर नदीमा डुबेको भन्ने खबर आएको छ।’

एसपी बस्नेतका अनुसार उद्दार गरिएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट लगिएको छ। उद्धारका लागि सुरक्षाकर्मीको टोली दुर्घटना स्थलतर्फ गइरहेको उनले जानकारी दिए।

रास्कोट नगरपालिकाका मेयर कासीचन्द्र बरालले भारतबाट आएकालाई क्वारेन्टिनमा ल्याउने क्रममा टिपर खसेको सेतोपाटीलाई बताए।

‘भारतबाट आएका हाम्रा र अन्य पालिकाका मानिसलाई क्वारेन्टिनमा ल्याउने क्रममा दुर्घटना भएको हो,’ मेयर बरालले भने।

याे पढ्न छुटाउनु भयाे की ?

माथिल्लो तामाकोसीबारे प्रधान्मन्त्रीज्युले बुझ्नै पर्ने विषय

shyam khatiwada

कांग्रेस केन्द्रिय समिति बैठकमा अजयबाबु शिवाकोटीको चेतावनी : “कार्यकर्तालाई सुन्नुस्, नहेप्नुस्”

shyam khatiwada

माथिल्लो तामाकोसीबाट पुर्ण क्षमतामा विद्युत उत्पादन सुरु

shyam khatiwada
Gaurishankar Post