Gaurishankar Post
वाग्मती सुचना प्रविधि स्थानीय समाचार

बाल उद्यानमा निशुल्क भर्ना सुरु , असार १५ बाट अनलाइन कक्षा सुरु हुने


चरिकोट १ असार
चरिकोटस्थित बाल उद्यान एकेडेमी बोर्डिङ स्कुलले कोभिड १९ का कारण रोकिएको पठन पाठन उच्चतम प्रविधिको प्रयोग गरि सुचारु गर्ने भएको छ ।
इन्टरनेटको माध्यमबाट सबै विद्यार्थीहरुलाई अनुकुल हुने गरि अनलाइन कक्षा सुचारु गर्न लागेको बाल उद्यानले असारको पहिलो हप्तालाई भर्ना अभियानको रुपमा अघि बढाएको हो । लामो समयदेखि कोरोना संक्रमणको त्रासमा बन्द रहेका शैक्षिक संस्थाहरु वातावरण केही सहज भएसँगै प्रविधिको प्रयोग गरेरै भएपनि कक्षा सञ्चालनको तयारीमा छन् । बाल उद्यानका सञ्चालक सागर श्रेष्ठले बालबालिकाहरुको हितलाई मध्येनजर गरि यो अभियान अघि बढाइएको जानकारी दिए । उनका अनुसार घरमै बसेर अनलाइनका माध्यमबाट विद्यार्थीहरुलाई सहज ढंगले कक्षा चलाइने छ । नर्सरी देखि कक्षा ६ सम्म सञ्चालनमा रहेको बाल उद्यानले असार दोस्र्रो हप्ताबाट नियमित कक्षा सञ्चालन गर्ने भन्दै सबै विद्यार्थीहरुलाई तयार रहन र त्यस अघिनै निशुल्क भर्ना गर्न अविभाबकहरुलाई आग्रह गरेको छ ।
सबैको सहज पहुँच पुग्ने गरि तयार गरिएको अनलाइन कक्षा दोलखामा सञ्चालित निजी स्कुलहरुमध्ये पहिलो र प्रभाबकारी भएको स्कुलले दाबी गरेको छ । पाठको भिडियो सहित अभ्यासमुलक ढंगले पठनपाठन गराउने तयारी भैरहेको सञ्चालक श्रेष्ठले सुनाएका छन् । उनले सो विषयमा बुझ्न सबै अविभावक तथा अन्य नयाँ भर्ना गराउन चाहानेहरुलाई विद्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

भीममावि दोलखाका पूर्व बिद्यार्थी शनिबार धुम्बाराहीमा जुट्दै, सबैलाई सहभागी हुन अपिल

shyam khatiwada

ज्वरो आएका बिरामीलाई विगु गाउँपालिकाको एक एक थान डिजिटल थर्मोमिटर

shyam khatiwada

स्पिकरको निहुँमा दोलखामा साउथ इण्डिएन फिल्मको सिको गरि साथीको हत्या

shyam khatiwada
Gaurishankar Post