Gaurishankar Post
वाग्मती शिक्षा स्थानीय समाचार

भीममावि दोलखाका पूर्व बिद्यार्थी शनिबार धुम्बाराहीमा जुट्दै, सबैलाई सहभागी हुन अपिल

दोलखा फागुन २०,,
जिल्लाको भीमेश्वर नगरपालिका २ दोलखा बजारमा रहेको भीम माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थीहरु शनिबार राजधानीको धुम्बाराहीमा जुट्ने भएका छन् ।
आफुले अध्ययन गरेको बिद्यालयका सहपाठीहरु भेला हुने उद्धेश्यले शनिबार बिहान ८ बजे भीम माविका पूर्व बिद्यार्थीहरु काठमाण्डौको धुम्बाराही स्थित स्काईजोन रेष्टुरेन्टमा जुट्न लागेका हुन् ।
भेलामा पूर्व बिद्यार्थीहरुको लगानीमा बिद्यालयमा निर्माण भईरहेको जिल्लाकै सुविधासम्पन्न सभा हलको निर्माण प्रगती र हल सम्पन्न हुने बारे छलफल हुने आयोजकले जनाएको छ । बिद्यालयको पूर्व बिद्यार्थी समाजको आयोजना र कालिञ्चोक युवा क्लव सहित दोलखा बजारका बिभिन्न संघ संस्थाको अगुवाईमा हुन लागेको भेलामा राजधानी उपत्यकामा रहेका बिद्यालयका सबै पूर्व बिद्यार्थीहरुलाई सहभागी हुन आयोजक समितिले अपिल गरेको छ ।

सभा हल सम्पन्न गर्नका निम्ती राजधानी उपत्यकामा बिद्यालयका पूर्व बिद्यार्थी एवं बरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा ७ सदस्यिय समिति गठन भईसकेको छ । समितिमा पूर्व बिद्यार्थीहरु बरिष्ठ ईन्जिनियर प्र.डा. हरिदर्शन श्रेष्ठ, समाजसेवी शोभीत उप्रेती, कालिञ्चोक यूवा क्लबका अध्यक्ष निरेन्द्र मास्के, अधिवक्ता प्रविण प्रधान, ईन्जिनियर श्यामचन्द्र श्रेष्ठ, व्यवसायी कलावती श्रेष्ठ र यजुमाया श्रेष्ठ छन् । समितिले राजधानीमा रहेका सबै पूर्व बिद्यार्थीलाई कार्यक्रममा सहभागी हुन आव्हवान गरेको छ ।

प्रारम्भीक लागत ३५ लाख रुपैंया अनुमान गरिएको सभा हल बैशाख सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । २ सय सिट क्षमताको सभा हल जिल्लाकै नमुना हुने पूर्व बिद्यार्थी समाजले जनाएको छ । हाल वाल र पिलर उठाउने काम सकेर ट्रस राख्ने काम चलिरहेको समाजका सचिव मनोज श्रेष्ठले जानकारी दिए ।

हल निर्माण कार्यमा बढी भन्दा बढी पूर्व बिद्यार्थीहरुको सहभागिता गराउने उद्धेश्य समितिले राखेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

नेपालमा थप ६१ कोरोना संक्रमितको मृत्यु, ६२९५ संक्रमणमुक्त

shyam khatiwada

सुबिसुको क्लियर टिभिमा विद्यार्थीहरुलाई अनलाइन कक्षा

shyam khatiwada

गुटको अन्त्य र युवाको प्रतिनिधित्वको लागि मेरो उम्मेद्धवारी- पाठक

shyam khatiwada
Gaurishankar Post