Gaurishankar Post
स्थानीय समाचार

शुभलक्ष्मी रिसोर्ट अव नयाँ व्यवस्थापनमा, MRP मा पेय पदार्थ साथमा ट्राउट माछाको आकर्षण


दोलखा बैशाख ५,,
दोलखाको भीमेश्वर नगरपालिका १ कुथलीमा संचालित शुभलक्ष्मी रिसोर्ट अव नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छ ।
नयाँ व्यवस्थापन सहित रिसोर्टले उपभोक्ताहरुको ध्यानलाई मध्यनजर गर्दै एम आर पि अर्थात तोकिएकै मुल्यमा पेय पदार्थ विक्रि वितरण गर्ने भएको छ । प्राकृतिक रुपमा पनि सुन्दर ठाउँमा रहेको शुभलक्ष्मी पारिवारिक र रमणिय वातावरणमा रमाउन उपयुक्त स्थानमा छ । चैत बैशाखको गर्मीमा कुथली खोलाको किनारमा बसेर आनन्द लिन रिसोर्ट निकै आकर्शक रहेको रिसोर्टका सञ्चालक अमृत बहादुर बुढाथोकी बताउछन् ।
दोलखा घुम्न आउने र जिल्ला भित्रकै पाहुनाहरुलाई लक्षित गर्दै रिसोर्टले आफ्नै पोखरीको ट्राउट माछा खुवाउने व्यवस्था गरेको छ । लोकल कुखुरा , आफ्नै कम्पाउण्डमा हुर्काइएका कालिज र घरेलु खानेकुरा रिसोर्टका आकर्षण हुन् । पर्यटकहरुलाई लक्षित गर्दै रिसोर्टले आयति पेय पदार्थ तोकिएकै मुल्य एम आर पि मा उपलब्ध गराउने भएको छ । खास गरी कोक फ्यान्टा लगायत मदिराजन्य पेय पदार्थ सो मुल्यमा व्यवस्थापन गरिरहेको छ । गर्मीमा आफ्नै स्विमिङ पोखरी समेत रहेको रिसोर्टमा बसोबासका लागि आकर्शक कोठाहरु समेत छन् । पछिल्लो समय सर्वाधिक चर्चामा रहेको रिसोर्ट धेरै पर्यटकहरुको रोजाइमा पर्न सक्ने सरोकारवालाहरुले जनाएका छन् । खास गरी दोलखाको उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य प्रवेशद्धार दोलखा सिंगटी सडकखण्डमा रहेको उक्त रिसोर्ट निकै आर्शक र रमणिय छ ।
पछिल्लो समय मुलुकमा मुख्य समस्याको रुपमा रहेको आर्थिक मन्दीलाई मध्यनजर गर्दै रिसोर्टले अन्य परिकारहरुको मुल्य समेत निकै शुलभ बनाएको रिसोर्ट सञ्चालक बुढाथोकी बताउछन् । उनले भने भुइका मान्छेहरुको समेत रोजाइमा पर्नेगरी मुल्य निर्धारण गरेका छौं । उनले दोलखा घुम्न आउने पर्यटकहरुलाई समेत लक्षीत गरी कालिञ्चोक दर्शन गरी भीमेश्वर दर्शन गर्ने र खानपान र आरामका लागि यो रिसोर्ट उपयुक्त रहेको जनाएका छन् ।

रिसोर्टमा उत्पादन भएका ट्राउट माछा

याे पढ्न छुटाउनु भयाे की ?

जुँगुमा स्वार्थ राखेर वडा कार्यालय सार्न खोजेको भन्दै स्थानीय आन्दोलित

shyam khatiwada

भीरबाट खसेको ढुंगाले घर थिच्दा दोलखाको सिंगटीमा एक महिलाको मृत्यु

shyam khatiwada

वैतेश्वर जग्गा प्रकरण , छानविन समितिले गर्यो प्रतिबेदन सार्वजनिक

shyam khatiwada
Gaurishankar Post