Gaurishankar Post
स्थानीय समाचार

शुभलक्ष्मी रिसोर्ट अव नयाँ व्यवस्थापनमा, MRP मा पेय पदार्थ साथमा ट्राउट माछाको आकर्षण


दोलखा बैशाख ५,,
दोलखाको भीमेश्वर नगरपालिका १ कुथलीमा संचालित शुभलक्ष्मी रिसोर्ट अव नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छ ।
नयाँ व्यवस्थापन सहित रिसोर्टले उपभोक्ताहरुको ध्यानलाई मध्यनजर गर्दै एम आर पि अर्थात तोकिएकै मुल्यमा पेय पदार्थ विक्रि वितरण गर्ने भएको छ । प्राकृतिक रुपमा पनि सुन्दर ठाउँमा रहेको शुभलक्ष्मी पारिवारिक र रमणिय वातावरणमा रमाउन उपयुक्त स्थानमा छ । चैत बैशाखको गर्मीमा कुथली खोलाको किनारमा बसेर आनन्द लिन रिसोर्ट निकै आकर्शक रहेको रिसोर्टका सञ्चालक अमृत बहादुर बुढाथोकी बताउछन् ।
दोलखा घुम्न आउने र जिल्ला भित्रकै पाहुनाहरुलाई लक्षित गर्दै रिसोर्टले आफ्नै पोखरीको ट्राउट माछा खुवाउने व्यवस्था गरेको छ । लोकल कुखुरा , आफ्नै कम्पाउण्डमा हुर्काइएका कालिज र घरेलु खानेकुरा रिसोर्टका आकर्षण हुन् । पर्यटकहरुलाई लक्षित गर्दै रिसोर्टले आयति पेय पदार्थ तोकिएकै मुल्य एम आर पि मा उपलब्ध गराउने भएको छ । खास गरी कोक फ्यान्टा लगायत मदिराजन्य पेय पदार्थ सो मुल्यमा व्यवस्थापन गरिरहेको छ । गर्मीमा आफ्नै स्विमिङ पोखरी समेत रहेको रिसोर्टमा बसोबासका लागि आकर्शक कोठाहरु समेत छन् । पछिल्लो समय सर्वाधिक चर्चामा रहेको रिसोर्ट धेरै पर्यटकहरुको रोजाइमा पर्न सक्ने सरोकारवालाहरुले जनाएका छन् । खास गरी दोलखाको उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य प्रवेशद्धार दोलखा सिंगटी सडकखण्डमा रहेको उक्त रिसोर्ट निकै आर्शक र रमणिय छ ।
पछिल्लो समय मुलुकमा मुख्य समस्याको रुपमा रहेको आर्थिक मन्दीलाई मध्यनजर गर्दै रिसोर्टले अन्य परिकारहरुको मुल्य समेत निकै शुलभ बनाएको रिसोर्ट सञ्चालक बुढाथोकी बताउछन् । उनले भने भुइका मान्छेहरुको समेत रोजाइमा पर्नेगरी मुल्य निर्धारण गरेका छौं । उनले दोलखा घुम्न आउने पर्यटकहरुलाई समेत लक्षीत गरी कालिञ्चोक दर्शन गरी भीमेश्वर दर्शन गर्ने र खानपान र आरामका लागि यो रिसोर्ट उपयुक्त रहेको जनाएका छन् ।

रिसोर्टमा उत्पादन भएका ट्राउट माछा

याे पढ्न छुटाउनु भयाे की ?

२ जनामा कोरोना संक्रमण पुष्टी भएपछि दोलखाको गौरीशंकर गाउँपालिका सिल

shyam khatiwada

दिपजंग सहकारीको साधारण सभा, अध्यक्षमा कर्ण थामी चयन

shyam khatiwada

लिखु तामाकोसी गाउँपालिकाका विद्यालयहरुलाई स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada
Gaurishankar Post