Gaurishankar Post
ब्रेकिंग स्थानीय समाचार

दोलखाको बोचमा सरकारी कार्यालय भित्रै मदिराको भट्टी


निमित्त कार्यालय प्रमुखको नेतृत्वमा भट्टी सञ्चालन , प्रहरीद्धारा कच्चा पदार्थ सहित तयारी मदिरा बरामद

दोलखा ७ असार,,
दोलखाको भीमेश्वर नगरपालिका ८ स्थित शितोष्ण फलफुल रुटस्टक विकास केन्द्रको कार्यालय भित्रै मदिरा उत्पादन गर्ने भट्टी सञ्चालन गरिएको पाइएको छ ।
कृषि सँग सम्बन्धित फलफुल तथा अन्य नगदेबालीको विकासका लागि स्थापना गरिएको कार्यालय भित्रै मदिरा उत्पादन गर्ने गरिएको तथ्य खुलेको हो । कार्यालयका निमित्त प्रमुखको जिम्मेवारी समालीरहेका कर्मचारी बिनोद रोक्काको नेतृत्वमा घरेलु मदिरा उत्पादन गर्दै गरेको अवस्थामा प्रहरीले कच्चा पदार्थ सहित ३७ लिटर मदिरा नियन्त्रणमा लिएको छ । कार्यालय परिसरमा उत्पादन हुने किबिको घरेलु मदिरा बनाउदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्यालय प्रमुखकै नेतृत्वमा मदिरा उत्पादन गर्दै गरेको सुचना प्राप्त भएपछि प्रहरीले टोली परिचालन गरेको थियो । दोलखाका प्रहरी निरिक्षक अन्जान कोइरालाको नेतृत्वमा बोच पुगेको टोलीले ३७ लिटर तयारी मदिरा सहित कच्चा पदार्थ र आबश्यक भाँडाकुँडा नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजालका अनुसार सरकारी कार्यालय भित्रै भट्टी नै बनाएर मदिरा उत्पादन गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रसाशन कार्यालयमा बुझाएको छ । प्रहरी प्रमुख रिजालले फौजदारी केस नभएर निजामति सेवा सम्बन्धि कसुर भएकाले जिल्ला प्रसाशन कार्यालय पठाइएको जानकारी दिएका छन् । यसबारे जानकारी लिन खोज्दा कार्यालयका निमित्त प्रमुख विनोद रोक्काको टेलिफोन सम्पर्क हुन सकेन । उनले प्रयोग गर्ने कार्यालयको र व्यक्तिगत दुबै फोनको स्विच अफ गरेका छन् । शितोष्ण फलफुल रुटस्टक विकास केन्द्रमा किबि , अलैंची लगाएत अन्य थुप्रै प्रजातिका फलफुलहरु लगाइएको छ । उत्पादित फलफुलहरु कार्यालयले नियमअनुसार विक्रिी वितरण गर्ने प्रणाली भएपनि गएको मंसिर महिनामा ठुलो परिमाणमा किबि फ चोरी भएको भन्दै सुचना सार्वजनिक गरेको थियो । तर स्थानीयहरुले भने सोही किबि लुकाएर अहिले मदिरा उत्पादनमा प्रयोग गरेको आरोप लगाएका छन् । उनिहरुले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी लिएपछि रोक्काले आर्थिक वर्षको अन्त्य सुरु हुदै गर्दा लाखौंको कोटेसन समेत कमिसन लिएर बाढेको आरोप समेत लगाएका छन् ।
जिल्ला प्रशासन कार्यालय दोलखाले भने प्रहरीले लिखित रुपमा घटनाको विवरण बुझाएकोले थप अध्ययन भैरहेको जनाएको छ । आरोपित रोक्का लाई निजामति सेवा ऐन अन्तर्गत कार्बाही प्रकृया अघि बढाउने र कार्यान्वयनका लागि कृषि विभाग पठाइने कार्यालय स्रोतले जनाएको छ ।
फोटो क्याप्सन
शितोष्ण फलफुल रुटस्टक विकास केन्द्रको कार्यालय बोच दोलखा
मदिरा उत्पादन गर्दै गरेको दृश्य । gaurishankarpost

याे पढ्न छुटाउनु भयाे की ?

गौरीशंकरका पहिरो पिडितलाई दोलखा कांग्रेसको आर्थिक सहयोग

shyam khatiwada

पुर्वसञ्चारमन्त्रीको गाउँ सुरी पुगेर काफ्लेले सोधे मोवाइलमा डाटा चल्दैन त पार्वत दाई ?

shyam khatiwada

मलेसियामा कार्यरत नेपालीहरुबाट मृगौला पडितलाई सहयोग

shyam khatiwada
Gaurishankar Post