Gaurishankar Post
देश समाचार

सहुलिएत कर्जा प्रर्वाहा नगर्ने बैंकलाई कार्बाही गरिने डेपुटी गभर्नर शिवाकोटी


श्याम खतिवडा
दोलखा २ फागुन
,,
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सहुलिएत कर्जा प्रवाहा नगर्ने बैंकहरुलाई कार्बाही गरिने बताएका छन् ।
शिवाकोटीले देशमा उद्यमीहरुको संख्या वृद्धि गरि रोजगारीको सिर्जना गर्ने उद्देश्यले सरकारले प्राथमिकताका साथ अघि सारेको सहुलिएत कर्जा प्रवाहा नगर्ने बैंकहरुलाई कार्बाही गरिने बताएका हुन् । शुक्रबार दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न चरिकोट पुगेका शिवाकोटीले यस्तो बताएका हुन् । सरकारले गरिब, विपन्न, असहाय र पिछडिएका बर्गहरुलाई उद्यमी बनाई स्वरोजगार हुने वातावरण तयार गर्न सहुलिएतपुर्ण कर्जा कार्यक्रमलाई २ वर्षदेखि प्राथमिकताका साथ अघि बढाएको बताउदै गभर्नर शिवाकोटीले बैंकहरुका कारण उक्त कार्यक्रम लक्षित वर्गसँग नपुगेको गुनासो आइरहेकाले सबै बैंकहरुले उक्त कर्जा यथाशिघ्र प्रवाहा गर्न निर्देशन समेत दिएका छन् । २ वर्षसम्म झण्डै ६५ हजार उद्यमीहरुले उक्त कर्जा प्रयोग गरेपनि यो संख्या सन्तोषजनक नभएको भन्दै उनले साना व्यवसायीलाई प्राथमिकता दिनु बैंकहरुको दायीत्व भएको बताएका छन् । विभिन्न १० वटा शिर्षकमा सहुलिएत कर्जा प्रवाहा गर्नमिल्ने कार्यविधि रहेको भन्दै त्यसका लागि व्यवसायीक योजना र अन्य सामान्य शर्तहरु पालना गर्नुपर्ने भएपनि दोलखाका बैंकहरुले सहुलिएत कर्जा प्रवाहामा आनाकानी गरेको गुनासो कार्यक्रमका सहभागीहरुले गरेका थिए ।
कार्यक्रममा राष्ट्र बैंकका बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक देब कुमार ढकालले कोभिडको समयलाई लक्षित गर्दै राष्ट्र बैंकले कर्जाको ब्याजमा १० प्रतिशत छुट गरेको बताए । त्यसमा पनि बैंकहरुले कन्जुस्याई गरेकाले देशभरका ऋणीहरुले झण्डै ५७ करोड छुट पाएको ढकालले बताए । उनले व्यवसायीहरुलाई लक्षित गरि राष्ट्र बैंकले थुप्रै कार्यक्रमहरु सञ्चालन गरिरहेके बताउदै त्यस्ता कार्यक्रमहरु तल्लो तहसम्म पुग्न नसकेकाले उद्योगी व्यापारीहरुले लाभ लिन नसकेको बताएका छन् । उनले पुन कर्जा, निरन्तर व्यवसाय कर्जा , सहुलिएत कर्जा जस्ता थुप्रै उत्पादनहरु बैंकको रहेकाले सबै बैंकहरुले त्यससम्बन्धि सुचना प्रवाहा गर्नुपर्ने जनाएका छन् ।
कोभीडमा थलिएका अति प्रभावितहरुलाई थप प्याकेज ल्याइने
कोभीडका कारण लामो समयको बन्दाबन्दीले असर गरेका अति प्रभावित व्यवसायीहरुलाई राष्ट्र बैंकले थप राहतको प्याकेज ल्याउने तयारी गरिरहेको जनाइएको छ । डेपुटी गभर्नर शिवाकोटीले कोभिडका कारण अहिले सम्म पनि लयमा फर्किन नसकेका अति प्रभावित व्यवसायीहरुलाई थप राहतको प्याकेज ल्याउन गृहकार्य भैरहेको जनाएका छन् । उनका अनुसार राष्ट्र बैंकले निर्देशिका जारी गरि अति प्रभावित , मध्यम र न्युनका आधारमा प्राथमिकता पहिचान गरि थप प्याकेजको व्यवस्था गर्न लागिएको छ । अन्तरक्रिया कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामेश्वर मानन्धर , महासंघको बागमती प्रदेश समिति सदस्य हेमराज रिमाल , दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ पुर्व अध्यक्ष शदर्शन कार्की लगाएतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रमका अधिकांस सहभागीहरुले दोलखाका बैंकहरुले ऋणीहरुलाई अपमानजनक व्यवहार गरेको गुनासो गरेका थिए ।
फोटो
दोलखा उद्योग वाणिज्य संघले चरिकोटमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी ।

याे पढ्न छुटाउनु भयाे की ?

कालिञ्चोकका कोभिड संक्रमित १४२ घरधुरीमा नामसालिङको पोषण सहित खाद्यान्न सहयोग

shyam khatiwada

कोरोना पोजेटिभ देखिएका दोलखाका एक वृद्धको काठमाडौंमा मृत्यु

shyam khatiwada

आमसंचार गृह स्थापनाको १३ जिल्लाबाट बिरोध

shyam khatiwada
Gaurishankar Post