Gaurishankar Post
अर्थ र बाणिज्य ब्रेकिंग

सिंगटी खोलाको आइपिओ आबेदन गर्ने समय अब २ दिन मात्रै बाँकी


दोलखा २ फागुन
दोलखाको सिंगटी खोलामा निर्माण भएको २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि जारी गरेको साधारण शेयर भर्ने समय अब २ दिनमात्रै बाँकी छ ।
आयोजनाको निर्माण कम्पनी सिंगटी हाइड्रो इनर्जीले आयोजना प्रभावित क्षेत्र कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयहरुलाई जारी गरेको शेयरको समय अवधि भोली अर्थात फागुन ३ गते सकिन लागेको हो । आयोजनाका लेखा अधिकृत सुदिप खड्काले शेयर आबेदन गर्न बाँकी रहेका स्थानीयहरुलाई समय २ दिन मात्रै बाँकी रहेकाले आज र भोलीमा आबेदन गरिसक्न अनुरोध समेत गरेका छन् । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुलाई लक्षित गर्दै १४ लाख ५० हजार कित्ता साधारण शेयर माघ ४ गतेदेखि खुल्ला गरेको थियो । माघ ४ गते देखि माघ १९ गतेसम्मको समयमा प्रयाप्त शेयर नपरेपछि समय अवधि फागुन ३ गतेसम्म थप गरिएको थियो । स्थानीयहरुको शेयर संकलन गर्न नेपाल बैंक लिमिटेड , सेञ्चुरी कमर्शिएल बैंक , सिंगटीस्थित आयोजनाको कार्यालय र कालिञ्चोक गाउँपालिका २ बाबरेमा संकलन केन्द्र छन् । त्यसबाहेक काठमाडौंमा बसोबास गर्ने स्थानीयहरुका लागि त्रिपुरेश्वर स्थित मेगा क्यापिटलको कार्यालयबाट भर्ने व्यवस्था समेत मिलाइएको लेखा अधिकृत खड्काले जानकारी दिए । उनका अनुसार अहिलेसम्म १२ करोडको हाराहारीमा रकम संकलन भैसकेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाको विगुमा निउरो टिप्न गएका बाबु छोरालाई पहिरोले पुर्यो, छोराको मृत्यु बाबु अझै वेपत्ता

shyam khatiwada

कालिञ्चोक खतिवडा सेवासमाजको प्रथम साधारण सभा, रेबन्तीको नेतृत्वमा नयाँ कार्यसमिति

shyam khatiwada

दोलखामा गठबन्धनले भारी अन्तरले निर्वाचन जित्दैछौं – कांग्रेस नेता तारा खड्का

shyam khatiwada
Gaurishankar Post