Gaurishankar Post
ब्रेकिंग

कवि तथा निबन्धकार श्रीबाबु कार्की सम्मानित

विराटनगर – नारी स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको स्रष्टा सम्मानमा कवि तथा निबन्धकार श्रीबाबु कार्की लगायत चार स्रष्टाहरू सम्मानित भएका छन् । विराटनगरमा आयोतित एक भव्य कार्यक्रममा विभिन्न विधाका पाँच स्रष्टाहरूलाई वरिष्ठ कवि एवम् प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा सम्मान गरिएको हो ।

‘मोहनलता स्रष्टा सम्मान – २०८०’ बाट इलामेली स्रष्टा वरिष्ठ कवि विमल वैद्य, ‘कविराज स्रष्टा सम्मान -२०८०’ कवि तथा निबन्धकार श्रीबाबु कार्की उदास, ‘उत्कृष्ट वर्ष पुस्तक पुरस्कार- २०८०बाट ‘चोभार ब्लुज’का लागि निकथाकार विक्रमभक्त जोशी, ‘राजेन्द्र-हेमलता स्रष्टा सम्मान-२०८०’ मुक्तककार आरती पाेखरेल, ‘काेशी प्रदेश लघुकथा सम्मान -२०८०’ लघुकथाकार मनीषकुमार शर्मा समित, यी सम्मानहरूमा ‘मोहन-लता स्रष्टा सम्मान’ पन्ध्रहजार रुपैयाँ राशि र प्रमाण-पत्र रहेको छ भने अन्य चार सम्मान ११ हजार रुपैयाँ राशि र सम्मान पत्र रहेको छ । मंसिर १ गते विराटनगरमा प्रदान गरिएको स्रष्टा सम्मानमा प्रमुख अतिथि कवि तथा प्राज्ञ विवश पोखरेल , विशिष्ट अतिथि पूर्व संसद तथा वरिष्ठ नाट्यकर्म खेम नेपाली लगायतले स्रष्टाहरूलाई सम्मान गर्नुभएको थियोे । कार्यक्रम नारी स्रष्टा समाजकी अध्यक्ष तथा कथाकार ममता मृदुलको अध्यक्षता र लक्ष्मी पोखरेलको कुशल संचालनमा सम्पन्न भएको थियोे ।

याे पढ्न छुटाउनु भयाे की ?

११ वर्ष पछि सञ्चालनमा आयो सिंगटी–लामोसाँघु प्रसारणलाइन

shyam khatiwada

दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ सर्बसम्मत

shyam khatiwada

सरोकार समाजद्धारा कालिञ्चोक गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada
Gaurishankar Post