Gaurishankar Post
ब्रेकिंग

कांग्रेस बाबरे काठमाडौं सम्पर्क समितिको सभापतिमा बिमल थापा


दोलखा २३ माघ
नेपाली कांग्रेस बाबरे काठमाडौं सम्पर्क समितिको सभापतिमा मान बहादुर भनेर चिनिने कांग्रेस नेता बिमल थापा चयन भएका छन् ।
शनिबार काठमाडौंस्थित काँडाघारीमा भएको एक भब्य समारोहमा थापा सम्पर्क समितिको सभापति चयन भएका हुन् । नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाको उपस्थितीमा भएको भेलाले थापाको नेर्तत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपसभापतिमा गोपाल थामी र कैलाश पाण्डे छन , सचिब मोहन थापा र अर्जुन खनाल त्यस्तै सहसचिबमा धुर्ब खतिवडा र विकास पाण्डे चयन भएको कालिञ्चोक गाउँपालिका २ का जागरण अभियानका संयोजक एवं नेपाली कांग्रेसका प्रदेश महाधिबेशन प्रतिनिधि रामशरण दाहालले जानकारी दिए । त्यस्तै समितिको कोशाध्क्षमा भने अनिता पाण्डे र सहकोशाध्यक्ष हेम बहादुर थापा चयन भएका छन् । पदाधिकारी सहित १७ सदस्यिय समिति गठन गरिएको सभापति थापाले जानकारी दिए ।

याे पढ्न छुटाउनु भयाे की ?

वैतेश्वर जग्गा प्रकरण , छानविन समितिले गर्यो प्रतिबेदन सार्वजनिक

shyam khatiwada

कांग्रेस केन्द्रिय समिति बैठकमा अजयबाबु शिवाकोटीको चेतावनी : “कार्यकर्तालाई सुन्नुस्, नहेप्नुस्”

shyam khatiwada

दोलखाको चरणावतीमा नवाहा ज्ञान महायज्ञको तयारी तिब्र

shyam khatiwada
Gaurishankar Post