Gaurishankar Post
ब्रेकिंग

कालिञ्चोकका किसानलाई जुम्लाको स्याउको विरुवा


श्याम खतिवडा
दोलखा १९ फागुन
,,,
दोलखाको कालिञ्चोक गाउँपालिका १ साबिक कालिञ्चोक गाउँका किसानलाई नगदेबालीमार्फत आय आर्जन वृद्धि गराउने उद्देश्यले जुम्लाको स्याउको विरुवा वितरण गरिएको छ ।
भौगोलिक हिसाबले उपयुक्त भुगोल भएको र स्याउको उत्पादन हुने सम्भावना देखिएपछि गाउँपालिकाले कृषकलाई स्याउ खेति तर्फ आकर्शण गराउन स्याउको विरुवा वितरण गरिएको हो । गाउँपालिकाका कृषि प्राविधिक अर्जुन पुन मगरले कृषकको आयआर्जनमा वृद्धि गराउन र नगदेबालीतर्फ आकर्शित गर्न यो अभियान सुरु गरिएको बताए । कालिञ्चोक गाउँपालिकाको स्विकृत कार्यक्रम अनुसार भुगोल अनुसारको नगदेबाली प्रबद्र्धन अभियान सुरु गरेको हो । कृषि प्राविधिक मगरका अनुसार कालिञ्चोक एक तारेभिर र माथिल्लो खर्कमा रेड डेलिसस जातको सम्भावना देखिएकाले स्याउ खेती सुरु गर्न लागिएको जानकारी दिए । यो जातको स्याउ सामुन्द्रिक सतहबाट २५ सय मिटर माथिको भुगोलमा हुने र सामान्यतया तुसारो नपर्ने जमिन आबश्यक भएकाले उक्त भुगोल उपयुक्त हुने प्राविधिकहरुको विस्वास छ । यो स्याउ विरुवा रोपेको र राम्रो मलजल भए ३ वर्षमा उत्पादन दिने प्राविधिक मगरको भनाई छ ।
गाउँपालिकाले कालिञ्चोक १ का दुई वटा क्षेत्रमा ६ सय स्याउका विरुवा वितरण गरेको छ । नमुनाका रुपमा कृषि फार्म मार्फत सुरु गरिएको भएपनि त्यसलाई क्रमश विस्तार गर्दै लगिने कालिञ्चोक १ का वडाअध्यक्ष पदम थामीले जानकारी दिए । गाउँपालिका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले परम्परागत कृषि प्रणालीलाई क्रमश सुधार गर्दै लैजाने र किसानलाई नगदेबालीमार्फत आय आयआर्जनमा वृद्धि गराउदै लैजाने बताए । गाउँपालिकाले चालु आर्थिक वर्ष नगदेबाली र हिउँदेबाली प्रवद्र्धनका लागि ५ लाख बजेट विनियोजन गरेको र अन्य वडामा पनि भुगोल अनुसारका विरुवा कतै चाइनिज नास्पाती , कतै दाँते ओखर वितरण गरेको गाउँपालिकाले जनाएको छ । नमुनाका रुपमा लगाइएका नगदेबाली क्रमश सबै क्षेत्रमा प्रबद्र्धन गर्दै लैजाने गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले जानकारी दिए । उनका अनुसार किसानको आय आर्जनमा सुधार गर्न अन्य निकायहरुसँग पनि समन्वय गर्दै जाने तयारी समेत छ ।
फोटो क्याप्सन
किसानलाई स्याउका विरुवा वितरण गर्दै कालिञ्चोक गाउँपालिकाका पदाधिकारी । तस्बिर-
padam thami

याे पढ्न छुटाउनु भयाे की ?

दसैं देखि तलब खान नपाएका विगुका शिक्षकले भने काम गरेको पारिश्रमिक कहिले पाइन्छ सरकार

shyam khatiwada

दोलखामा मतगणनाको माग गर्दै गठबन्धनका उम्मेद्वार धर्नामा

shyam khatiwada

विकट गाउँ कालिञ्चोकको छिपुङमा पहिलोपटक पुग्यो यात्रुबाहक बस

shyam khatiwada
Gaurishankar Post