Gaurishankar Post
ब्रेकिंग

केन्द्र विवादको समस्या पहिलो बैठकबाट समाधान गर्छौंं ,- गठबन्धन उम्मेद्वार कालिञ्चोक


दोलखा १५ बैशाख
५ वर्षदेखि विवादीत बनेको कालिञ्चोक गाउँपालिकाको केन्द्र विवादको समस्या पहिलो बैठकबाटै समाधान गर्ने गठबन्धन उम्मेद्वारहरुले जनाएका छन् ।
यस अघिको नेतृत्वले गिजोलेको कालिञ्चोक गाउँपालिकाको केन्द्र आफुहरु निर्वाचित भई कार्यभार सम्हालेको पहिलो बैठकबाटै सबै गाउँपालिका बासीको भावनाको कदर हुने उपयुक्त स्थानमा गाउँपालिकाको केन्द्र बनाउने प्रतिबद्धता उम्मेद्वारहरुले गरेका छन् । उनिहरुले केन्द्रको सुनिस्चित नभई जनताको जग्गा लिएर सुकुम्बासी बनाउन अघिल्लो नेतृत्व लागि परेको भन्दै गठबन्धनबाट निर्वाचित भएपछि सजिलो गरि केन्द्र विवादको मुद्दा टुंगो लगाउने जाएका छन् । घरदैलो अभियानका शन्दर्भमा गठबन्धनका उम्मेद्वारहरु अर्जुन शिवाकोटी र कुल बहादुर बुढाथोकीले ५ वर्षको अवधिमा कालिञ्चोक गाउँपालिकामा प्राप्त झण्डै ५ अर्ब भन्दा धेरै बजेट अघिल्लो नेतृत्वले बालुवामा पानी खन्याएझै दुरुपयोग गरेको आरोप लगाउदै आफुहरुको प्राथमिकता भनेकै शुसासन , पारदर्शीता र दिर्घकालिन विकास रहेको जनाएका छन् । दुई तिहाई स्पस्ट बहुमत बोकेर गाउँपालिकालाई अन्योलताको खाडलमा हालेको भन्दै अघिल्लो नेतृत्वमा रहेका ब्यक्ती र उनिहरु आबद्ध दललाई बहिस्कार गर्न स्थानीयहरु उत्साहित रहेको समेत बताएका छन् । गठबन्धन उम्मेद्वारहरुले हरेक टोलमा भोट माग्न आउने एमाले नेतृत्वलाई ५ वर्ष अघि गरेको मतदानको हिसाब खोज्न आग्रह गरेका छन् । गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेद्वार अर्जुन शिवाकोटीले समृद्ध कालिञ्चोक निर्माणका लागि गठबन्धनका थुप्रै योजना रहेको बताउदै ति सबै योजना कार्यान्वयन गरि कालिञ्चोकलाई मुलुककै नमुना गाउँपालिका बनाउने उद्घोष गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा सिंचाइका सबै आयोजनाहरुको काम सुरु , मापदण्ड पुरा गर्न आह्वान

shyam khatiwada

आयोजनाको लापरबाहीले लिखु १ जलविद्युत आयोजनामा एक मजदुरको मृत्यु , ३ दिनदेखी शव अलपत्र

shyam khatiwada

भीमेश्वर ७ मा मोटरसाइकल दुर्घटना , एकको मृत्यु

shyam khatiwada
Gaurishankar Post