Gaurishankar Post
ब्रेकिंग स्थानीय समाचार

दोलखाको बोचमा सरकारी कार्यालय भित्रै मदिराको भट्टी


निमित्त कार्यालय प्रमुखको नेतृत्वमा भट्टी सञ्चालन , प्रहरीद्धारा कच्चा पदार्थ सहित तयारी मदिरा बरामद

दोलखा ७ असार,,
दोलखाको भीमेश्वर नगरपालिका ८ स्थित शितोष्ण फलफुल रुटस्टक विकास केन्द्रको कार्यालय भित्रै मदिरा उत्पादन गर्ने भट्टी सञ्चालन गरिएको पाइएको छ ।
कृषि सँग सम्बन्धित फलफुल तथा अन्य नगदेबालीको विकासका लागि स्थापना गरिएको कार्यालय भित्रै मदिरा उत्पादन गर्ने गरिएको तथ्य खुलेको हो । कार्यालयका निमित्त प्रमुखको जिम्मेवारी समालीरहेका कर्मचारी बिनोद रोक्काको नेतृत्वमा घरेलु मदिरा उत्पादन गर्दै गरेको अवस्थामा प्रहरीले कच्चा पदार्थ सहित ३७ लिटर मदिरा नियन्त्रणमा लिएको छ । कार्यालय परिसरमा उत्पादन हुने किबिको घरेलु मदिरा बनाउदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्यालय प्रमुखकै नेतृत्वमा मदिरा उत्पादन गर्दै गरेको सुचना प्राप्त भएपछि प्रहरीले टोली परिचालन गरेको थियो । दोलखाका प्रहरी निरिक्षक अन्जान कोइरालाको नेतृत्वमा बोच पुगेको टोलीले ३७ लिटर तयारी मदिरा सहित कच्चा पदार्थ र आबश्यक भाँडाकुँडा नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजालका अनुसार सरकारी कार्यालय भित्रै भट्टी नै बनाएर मदिरा उत्पादन गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रसाशन कार्यालयमा बुझाएको छ । प्रहरी प्रमुख रिजालले फौजदारी केस नभएर निजामति सेवा सम्बन्धि कसुर भएकाले जिल्ला प्रसाशन कार्यालय पठाइएको जानकारी दिएका छन् । यसबारे जानकारी लिन खोज्दा कार्यालयका निमित्त प्रमुख विनोद रोक्काको टेलिफोन सम्पर्क हुन सकेन । उनले प्रयोग गर्ने कार्यालयको र व्यक्तिगत दुबै फोनको स्विच अफ गरेका छन् । शितोष्ण फलफुल रुटस्टक विकास केन्द्रमा किबि , अलैंची लगाएत अन्य थुप्रै प्रजातिका फलफुलहरु लगाइएको छ । उत्पादित फलफुलहरु कार्यालयले नियमअनुसार विक्रिी वितरण गर्ने प्रणाली भएपनि गएको मंसिर महिनामा ठुलो परिमाणमा किबि फ चोरी भएको भन्दै सुचना सार्वजनिक गरेको थियो । तर स्थानीयहरुले भने सोही किबि लुकाएर अहिले मदिरा उत्पादनमा प्रयोग गरेको आरोप लगाएका छन् । उनिहरुले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी लिएपछि रोक्काले आर्थिक वर्षको अन्त्य सुरु हुदै गर्दा लाखौंको कोटेसन समेत कमिसन लिएर बाढेको आरोप समेत लगाएका छन् ।
जिल्ला प्रशासन कार्यालय दोलखाले भने प्रहरीले लिखित रुपमा घटनाको विवरण बुझाएकोले थप अध्ययन भैरहेको जनाएको छ । आरोपित रोक्का लाई निजामति सेवा ऐन अन्तर्गत कार्बाही प्रकृया अघि बढाउने र कार्यान्वयनका लागि कृषि विभाग पठाइने कार्यालय स्रोतले जनाएको छ ।
फोटो क्याप्सन
शितोष्ण फलफुल रुटस्टक विकास केन्द्रको कार्यालय बोच दोलखा
मदिरा उत्पादन गर्दै गरेको दृश्य । gaurishankarpost

याे पढ्न छुटाउनु भयाे की ?

विषयगत शिक्षक नभएको र चरम राजनीति भएको भन्दै सारदा मावि बुलुङका विद्यार्थी आन्दोलनमा

shyam khatiwada

तामाकोसी पाँचौं जलविद्युत आयोजनामा चाइनीज कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी

shyam khatiwada

दसैं देखि तलब खान नपाएका विगुका शिक्षकले भने काम गरेको पारिश्रमिक कहिले पाइन्छ सरकार

shyam khatiwada
Gaurishankar Post