Gaurishankar Post
समाचार स्थानीय समाचार

दोलखाको सिंगटीमा तरुण दलको मार्चपास , १ सय १ सदस्यीय पालिका समिति गठन


दोलखा ७ भदौ
नेपाली कांग्रसको मुख्य भातृ संगठन नेपाल तरुण दलले सोमबार दोलखाको उत्तरी ब्यापारिक केन्द्र सिंगटी बजारमा बृहत तरुण भेला तथा मार्चपास सहितको शक्ति प्रदर्शन गरेको छ । तरुण दल विगु गाउँपालिकाद्धारा आयोजित कार्यक्रममा गाउँपालिका भित्रका संयौको संख्यामा उपस्थीत भएका तरुण युवाहरुले सिंगटी बजार क्षेत्रमा मार्च पास सहितको शक्ति प्रदर्शन गरेका हुन् । नेपाल तरुण दल विगुका अध्यक्ष विपिन थापाको अध्यक्षतामा भएको कार्यक्रममा विगु गाउँपालिकाका ८ वटै वडाबाट संयौको संख्यामा युवाहरु उपस्थित भएका थिए । भेलामा नेपाली कांग्रेसका जिल्ला नेताहरु रुद्र बहादुर खड्का , तारा बहादुर कोइराला , बर्मा लामा ईश्वर मानन्धर , तरुण दल जिल्ला अध्यक्ष दावासांगे शेर्पा कांग्रेस नेता एवं विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का लगाएतका नेताहरुले सम्बोधन गरेका थिए । तरुण भेलाको अवसरमा एक सय एक सदस्यीय नेपाल तरुण दल विगु गाउँपालिका समिति गठन गरिएको छ । समितिको अध्यक्षमा विपिन थापा , उपाध्यक्ष द्धय रबिन बस्नेत , विष्णु तामाङ निर्विरोध निर्वाचित भएका छन् । समितिको सचिबमा लालसन तामाङ र उपेस खड्का छन भने सहसचिब सानु तामाङ र कोशाध्यक्षमा तारा बहादुर खड्का निर्विरोध निर्वाचित भएकोे अध्यक्ष विपिन थापाले जानकारी दिएका छन् । समितिको बाँकी सदस्यहरुमा गाउँपालिकाका ८ वटै वडामा रहेका सकृय युवाहरु रहेको तरुण दल दोलखाका अध्यक्ष दावासांगे शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाका अनुसार सोमबारनै लादुक , बुलुङ र ओराङ को तरुण दल वडा समिति समेत गठन गरिएको छ । तरुण दल लादुकको अध्यक्षमा भिम बहादुर तामाङ, बुलुङ को अध्यक्षमा पाल्देन तामाङ र ओराङ को अध्यक्षमा बलप लामा सहितको कार्यसमिति गठन भैसकेको छ । कार्यक्रममा सहभागी नेताहरुले जिल्लाभर तरुण दल गठन गरि सकृयताका साथ संगठन निर्माणमा लाग्ने उद्घोष समेत गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

विरेन्द्र आधारभुत विधालय उखुबारीमा शैक्षिक सामग्री वितरण

shyam khatiwada

भीममावि दोलखाका पूर्व बिद्यार्थी शनिबार धुम्बाराहीमा जुट्दै, सबैलाई सहभागी हुन अपिल

shyam khatiwada

गौरीशंकरका पहिरो पिडितलाई दोलखा कांग्रेसको आर्थिक सहयोग

shyam khatiwada
Gaurishankar Post