Gaurishankar Post
खेलकुद नेपाल समाचार

दोलखामा आयोजित अन्तराष्ट्रिय बुद्धिचालको उपाधी भारतीय खेलाडी महिन्द्रकारलाई


श्याम खतिवडा
दोलखा ९ जेठ,,

जेठ ५ गतेदेखि दोलखा सदरमुकाम चरिकोटमा आयोजित अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतिय खेलाडी इन्द्रजित महिन्द्रकारले हात पारेका छन् ।
५ दिन देखि जारी प्रतियोगितामा महिन्द्रकारले ८.५ अंक प्राप्त गरी उपाधी हात पारेका हुन् । उनलाई नगद एक लाख सहित शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको छ । त्यस्तै प्रतियोगिताको दोस्रो र तेस्र्रो स्थान पनि भारतिय खेलाडीहरुलेनै हात पारेका छन् । दोस्र्रो स्थान भारतका भेदान्त नगरकाट्य र तेस्र्रो मोहीतकुमार सोनि छन् । उनिहरुलाई क्रमश ६० हजार र ४० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । दोलखा चेस होमले आयोजना गरेको प्रतियोगितामा १२ वर्षमुनिको छुट्टै प्रतिष्पर्धी खेलाडीहरुमध्ये भारतकै ६ वर्षिया बालिका अनुपरिया यादबले बाजी मारेकी छन् । उनलाई पनि नगद सहित पुरस्कार प्रदान गरिएको छ । विजयी प्रतियोगीहरुलाई कांग्रेस नेता एवं पुर्वमन्त्री शंकर भण्डारीले पुरस्कार वितरण गरेका थिए । दोलखा चेस होमका अध्यक्ष गोबिन्दमान श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा सांसद एवं पुर्वमन्त्री भण्डारी , कांग्रेस केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी भिम बहादुर तामाङ स्मृति फाउण्डेशनका केन्द्रिय अध्यक्ष बर्मा लामा जिरी नगरपालिकाका मेयर मित्र जिरेल लगाएत सहभागी थिए । चारदिन अघि सुरु भएको प्रतियोगितामा ५ देशका १ सय ५६ खेलाडी सहभागी रहेका थिए । उक्त प्रतियोगिताको जेठ ५ गते कांग्रेस केन्द्रिय कार्यसम्पादन समिति सदस्य एवं पुर्वसांसद जिपछिरिङ लामाले उद्घाटन गरेका थिए ।
फोटो – दोलखामा आयोजित अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पुरस्कार वितरण गर्दै कांग्रेस नेता एवं पुर्वमन्त्री शंकर भण्डारी । तस्बिर – gaurishankarpost

याे पढ्न छुटाउनु भयाे की ?

केन्द्रिय सदस्य मानन्धरलाई दोलखामा भब्य स्वागत (फोटो फिचर)

shyam khatiwada

दोलखा एमालेको डिजिटल प्रतिबद्धता, पुरानै एजेण्डालाई निरन्तरता

shyam khatiwada

कालिञ्चोकका कोभिड संक्रमित १४२ घरधुरीमा नामसालिङको पोषण सहित खाद्यान्न सहयोग

shyam khatiwada
Gaurishankar Post