Gaurishankar Post
ब्रेकिंग

दोलखामा श्रीमतिले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते

दोलखा २८ भदौ
दोलखाको भीमेश्वर नगरपालिकामा एक महिलाले आफ्नै श्रीमान लाई खुकुरी प्रहार गरेकी छन् ।
जील्लाको भीमेश्वर नगरपालिका ४ जिलु गाउँकी २४ वर्षिया अप्सरा चौलागाइले २६ वर्षिय श्रीमान भरत चौलागाइलाई खुकुरी प्रहार गरेकी हुन् । घाँटीमा खुकुरी प्रहार गरेपछि भरत गम्भीर घाइते भएका थिए । आइतबार बिहान अन्दाजी ६ बजेको समयमा सामान्य पारिवारिक विवाद हुँदा श्रीमानको घाँटीमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरी गम्भीर घाइते भएका चौलागाइलाई चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत काठ्माण्डौ लगिएको छ । गम्भीर घाइते भएका चौलागाइको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको दोलखाका प्रहरी प्रवक्ता रेशम बोहोराले जानकारी दिए । खुकुरी प्रहार गर्ने अप्सरालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

तामाकोसी पाँचौं जलविद्युत आयोजनामा चाइनीज कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी

shyam khatiwada

शैलुङका जनप्रतिनिधिको ४० लाख पारिश्रमिक विपत तथा कोरोना कोषमा

shyam khatiwada

लापिलाङका पहिरोपिडितलाई कांग्रेस सांसद जिपछिरिङ लामाको राहत सहयोग

shyam khatiwada
Gaurishankar Post