Gaurishankar Post
ब्रेकिंग

दोलखामा श्रीमतिले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते

दोलखा २८ भदौ
दोलखाको भीमेश्वर नगरपालिकामा एक महिलाले आफ्नै श्रीमान लाई खुकुरी प्रहार गरेकी छन् ।
जील्लाको भीमेश्वर नगरपालिका ४ जिलु गाउँकी २४ वर्षिया अप्सरा चौलागाइले २६ वर्षिय श्रीमान भरत चौलागाइलाई खुकुरी प्रहार गरेकी हुन् । घाँटीमा खुकुरी प्रहार गरेपछि भरत गम्भीर घाइते भएका थिए । आइतबार बिहान अन्दाजी ६ बजेको समयमा सामान्य पारिवारिक विवाद हुँदा श्रीमानको घाँटीमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरी गम्भीर घाइते भएका चौलागाइलाई चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत काठ्माण्डौ लगिएको छ । गम्भीर घाइते भएका चौलागाइको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको दोलखाका प्रहरी प्रवक्ता रेशम बोहोराले जानकारी दिए । खुकुरी प्रहार गर्ने अप्सरालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

तामाकोसी पाँचौं जलविद्युत आयोजनामा चाइनीज कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी

shyam khatiwada

योगदान राष्ट्रका लागि र बोधिसत्व विहारद्धारा दोलखामा ६५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada

भीमेश्वरको टिकटबारे दोलखा एमालेमा विवाद , जिल्ला अध्यक्ष बिरुद्ध ८ नेताको प्रदेश कमिटिमा उजुरी

shyam khatiwada
Gaurishankar Post