Gaurishankar Post
राजनीति समाचार

दोलखा कांग्रेसका सचिब रिमाललाई कोरोना संक्रमण पुष्टी


दोलखा १३ कार्तिक

नेपाली कांग्रेस दोलखाका सचिब सन्तोष रिमाललाई कोरोना संक्रमण पुष्टी भएको छ ।
परिवारका एक सदस्यलाई कार्तिक २ गते कोरोना संक्रमण देखिएपछि पारिवारिक कन्ट्रयाक ट्रेसिंगमा जाँच गराएका रिमाललाई संक्रमण पुष्टी भएको हो । उनको कार्तिक ७ र ८ गते गरिएको स्वाब परिक्षणको रिपोर्ट बिहिबारमात्रै आएको थियो । रिमाल सहित ६५ जनको स्वाब परिक्षण गरि पठाइएकोमा ३१ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कांग्रेस सचिब रिमाल सहित उनको परिवारकामात्रै ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

दोलखा उद्योग वाणिज्य संघका महाँसचिब समेत रहेका ब्यबसायी एवं कांग्रेस नेता सन्तोष रिमालका दाई हेमराज रिमाल , बुवा आमा , सहित ८ जना सदस्यहरुमा संक्रमण देखिएपछि उनिहरुको सिंगो परिवार चरिकोटस्थित आफ्नै निवासमा होम आइसुलेसनमा बसिरहेका छन् । गौरीशंकर पोष्ट सँगको टेलिफोन संवादमा सचिब रिमालले आफुलाई त्यस्तो कुनैपनि लक्ष्यण नदेखिएको जानकारी दिदै आफुसँग सम्पर्कमा रहेका राजनीतिक सहकर्मी लगाएत अन्यलाई सुरक्षीत रहन आग्रह गरेका छन् । पछिल्लो समय दोलखा सदरमुकाम चरिकोटमा कोरोना संक्रमितको संख्या तिब्र रुपले बढेको छ ।
सचिब रिमालले कोभिड १९ को संक्रमण देखिएका बिरामीहरुलाई स्थानीय सरकारले गरेको व्यवहार भने लज्जस्पद भएको बताएका छन् ।

उनले सस्तो लोकप्रियताका लागि अनेक निर्णय गर्ने र कार्यान्वयनमा भने आलटाल गर्न खोजेको भन्दै दोलखास्थित भीमेश्वर नगरको चर्को आलोचना गरेका छन् । उनले पहिलो पिसिआर रिपोर्ट पोजेटीभ आएका संक्रमितहरुलाई दोस्र्रो पिसिआर गर्न नगरपालिकाले आलटाल गरेको भन्दै संक्रमितलाई उसै घर फर्काउन खोजेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाली छोरो प्रदिप कार्कीको तै मायाँको गित सर्वाधिक चर्चामा

shyam khatiwada

दोलखामा बाल बिवाहा हुन बाट रोक

shyam khatiwada

प्रेस युनियनका महासचिब शिवाकोटीद्धारा कांग्रेस केन्द्रिय सदस्यमा उम्मेद्धारी घोषणा, मतदानका लागि सबैमा अपिल

shyam khatiwada
Gaurishankar Post