दोलखा १५ साउन,,,
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखामा पछिल्लो समय विवाद चुलिएको छ ।
जिल्ला सभापति ईश्वरी प्रसाद दाहालले कार्यसमितिको निर्णय विपरित आफुखुसी केन्द्रिय सभामा सहभागी हुने महाधिबेशन प्रतिनिधि तोकेको र केन्द्रिय साधारणसभाका विरुद्धमा उच्च अदालतमा रिट दायर गरेको लगाएत आरोप लगाउदै बहुमत जिल्ला कार्यसमितिको बैठककले सभापति दाहालको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।
रेडक्रस दोलखाका उपसभापति बाबुकाजी बस्नेतको अध्यक्षतामा बसेको बैठकले नेपाल रेडक्रसको विधानको धारा ६० को उपधारा २ बमोजिम सभापति दाहालले संस्थाको हितविपरित गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरि कारबाही गर्न सिफारिस गरेको हो । बैठकमा दाहाल समेत उपस्थित थिए । तर दाहालले आफ्नो अध्यक्षतामा बसेको बैठक आफै विरुद्ध अविस्वासको प्रस्ताव गर्दै कारबाहीको सिफारिस हुने भएपछि उक्त बैठकको अन्त्य गराएका थिए । त्यसपछि उप सभापति बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । २०८० असार २० गते बसको रेडक्रस कार्यसमिती बैठकले केन्द्रिय महाधिबेशन प्रतिनिधि पदमा सभापति दाहाल सहित उपसभापतिहरु बाबुकाजी बस्नेत र सिर्जना रिमाल लाई चयन गरेको थियो । तर सभापति दाहालले आफुखुसी आफैं र एमाले नेतृ कालिका पाठक र समाजबादी पाटीका नेता डा. विशाल भण्डारीलाई प्रतिनिधि बनाएका थिए । त्यस लगत्तै सभापति दाहालले केन्द्रिय अधिबेशन बिरुद्ध खारेजीको माग गर्दै अन्तरिम आदेशको माग गर्दै उच्च अदालत पाटनमा रिट जाहेर गरेका थिए । तिनै दुई मुख्य इस्युका कारण सभापतिलाई हटाउन बाद्य भएको उपसभापति सिर्जना रिमालले जनकारी दिएकी छन् ।
यता रेडक्रस दोलखाका सभापति ईश्वरी प्रसाद दाहालले आफुमाथी भएको सिफारिस विधान अनुसार नभएको जिकिर गरे । उनले भने शनिबार को बैठक मेरै अध्यक्ष्ातामा डाकिएको हो ´ तर बैठकमा म माथीनै अविस्वासको प्रस्ताव ल्याउन खोजेपछि मैले लिखितरुपमा पुस्तिकामा विना निर्णय वैठक अन्त्य भएको प्रमाणित गर्दै म बाहिरियको हुँ । त्यसपछि उहाहरुले के गर्नुभयो मलाई जानकारी छैन ।

