Gaurishankar Post
ब्रेकिंग राजनीति

भीमेश्वरको टिकटबारे दोलखा एमालेमा विवाद , जिल्ला अध्यक्ष बिरुद्ध ८ नेताको प्रदेश कमिटिमा उजुरी


दोलखा ९ बैशाख,,,
एमाले जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठले एकलौटी र जर्बजस्ती उम्मेदवारको टिक घोषणा गरेको भन्दै दोलखा एमालेमा भीमेश्वर नगरको टिकट वितरण बदर गर्न माग गर्दै ८ जना नेताले प्रदेश समितिमा उजुरी गरेका छन् ।
आफुहरुको सहमति बेगर बैठकमा छलफलनै नगरि उम्मेदवारहरुको टिकट घोषणा गरेको भन्दै भीमेश्वर नगरका ८ जना नेताहरुले पाटीको प्रदेश समितिमा उजुरी गरेका हुन् । जिल्ला कमिटी बैठक मार्फत निर्णय गराएर उम्मेद्धारको टुंगो लगाएको भनिएपनि बैठकमा निर्णय नगरेको र छलफल नगरी जबरजस्ती नाम घोषणा गरेको भन्दै जिल्लाको निर्णय बदर गर्न प्रदेश समितिमा उजुरी गर्न बाद्य भएको एमालेका नेता एवं भीमेश्वर नगरको मेयरमा आकांक्षी हरिबंस चौलागाइले बताए । उनिहरुले दोलखा एमालेले गरेको निर्णय बदर गरेर माथिल्लो कमिटीमार्फत निर्णय गर्न माग गर्दै प्रदेश कमिटीमा लिखित उजुरी दर्ता गराएका छन् । उजुरी दिनेहरुमा मेयरका आकांक्षीहरु एमाले जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर, हरिबंश चौलागाइ प्रविण प्रधान र उपमेयरका आकंक्षीहरु डा. जानुका न्यौपाने, मेनुका सुबेदी , सिता केसी, रुपा शाही र पुर्णीमा खरेल छन् ।
उनीहरूले भीमेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखको टिकट बाँडफाँडमा असहमति राखेका छन् । उनीहरूले आफ्नो दावी यथावत रहेकाले प्रदेश कमिटीबाट भीमेश्वर नगरको टिकट टुंगो लगाउन आग्रह गरेका छन । भीमेश्वर नगरपालिकामा वाहलवाला मेयर भरत केसी र उपमेयर कमला बस्नेतलाई नै दोहो¥याउने निर्णय दोलखा एमालेले गरेको थियो । बुधबार सम्पन्न जिल्ला कमिटि बैठकमा अध्यक्ष नरबहादुर श्रेष्ठले उम्मेदवारहरूहरूको नाम प्रस्ताव गरेर छलफल नगरी हलबाट बाहिर निस्किएको एक जिल्ला नेताले बताएका छन् ।
विधिसंवत उम्म्दवार छनोट गरेका हौं अध्यक्ष श्रेष्ठ
नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले पटक पटक छलफल अन्तरक्रिया र बैठक गरेर सहमति अनुसारनै उम्मेद्धारी छनोट गरेको दाबी गरेका छन् । उनले शिर्ष नेतृत्व देखि सबै जिम्मेवार नेता कार्यकर्ताहरुको भावना अनुसारनै उम्मेदवार टुंगो लागेको बताए । आकाँक्षी राखेर समूहगत छलफल देखि सबै प्रकृया पुरा गरेर नै निर्णय गरिएको उनको जिकिर छ ।

याे पढ्न छुटाउनु भयाे की ?

विशाल ढुंगा खस्ने त्रासले दोलखाको सिंगटीस्थित खोलीखेम बजार शिल

shyam khatiwada

कोरोना महामारीमा गजेन्द्र स्मृति बाबरेको एम्वुलेन्समा छुटको प्याकेज घोषणा

shyam khatiwada

यसकारण जिपछिरिङ लामालाई केन्द्रीय सदस्यमा भोट

shyam khatiwada
Gaurishankar Post