Gaurishankar Post
वाग्मती समाचार

नेपालमा थप ६१ कोरोना संक्रमितको मृत्यु, ६२९५ संक्रमणमुक्त

काठमाडौं २९ जेठ

नेपालमा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या आठ हजार तीन सय ६६ पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन हजार तीन सय ८४ जना संक्रमित थपिएका छन् । यो अवधिमा ६ हजार दुई सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पाँच लाख २७ हजार एक सय ११ जना संक्रमणमुक्त भएका छन् । कोरोना निको हुने दर ६८.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा बसको ठक्करले मोटरचाइकल चालकको मृत्यु

shyam khatiwada

लोकतान्त्रिक बाम गठबन्धन दोलखाको अपिल

sanjeet

दोलखाका मुख्य दलले टुंग्याए उम्मेद्वार,यी हुन सिफारिसमा परेका नेता

shyam khatiwada
Gaurishankar Post