Gaurishankar Post
वाग्मती समाचार

पशुपतिडाँडा पिएचसी सडकको काम धमाधम सुरु , मौसम उपयुक्त भए तत्काल कालोपत्रे हुने


दोलखा १० असार
दोलखा सदरमुकाम चरिकोटस्थित पशुपतिडाँडा मन्दिरदेखी पिएचसी सम्मको सडक विस्तारले गति लिएको छ ।
लगातारको वर्षा र कोरोना महामारीको कारण भएको लकडाउनले काममा असहज भएपनि अहिले भने सडक निर्माणले गति लिएको हो । शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा स्तरोन्नती सहित कालोपत्रे हुदै गरेको उक्त सडक निर्माण सम्पन्नताको अन्तिम तयारीमा पुगेको निर्माण कम्पनीले जनाएको छ । सडक निर्माणको जिम्मा पाएको खाम्पाचे निर्माण सेवाका आङपासाङ शेर्पाले लक डाउन र वर्षातका कारण काममा केही असहज भएको भएपनि उपयुक्त मौसम भए तत्कालै सडक कालोपत्रे गर्ने जानकारी दिए । केही दिन अघि देखि लगातार पानी परेपछि सडक हिलाम्मे भएपछि कम्पनीले मंगलबार रातिनै सडकमा बेस विच्छाएर सर्बसाधरणलाई यात्रा सहज बनाएको छ । चरिकोटस्थित कालिञ्चोक मावि भन्दा तल्लो खण्डबाट माथिल्लो तामाकोसी जोडिने हाइवे सडक सम्म र पशुपति कन्या मन्दिर बाट प्राथमिक स्वास्थ्यकेन्द्र सम्मको २ वटा प्याकेज कालोपत्रे हुन लागेको हो । विभागले एक वर्ष अघि यि दुईवटै प्याकेजको सडक स्तरोन्नती सहित कालोपत्रे गर्न ठेक्का लगाएको थियो । दुई प्याकेजको झण्डै १३ करोडको लागतमा निर्माण हुन लागेको सो सडक बनेपछि चरिकोट झनै आकर्शक हुने सरोकारवालाहरुले जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

बाबरेका पहिरो पिडितलाई कांग्रेसको जस्ता पाता सहयोग

shyam khatiwada

सिंगटी खोलाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो

shyam khatiwada

‘अजयबाबुले पर्दाफास गरेका दुई ठुला घटनाले नै देशमा कम्युनिष्ट पार्टीको पतन शुरु भयो’

sanjeet
Gaurishankar Post