Gaurishankar Post
ब्रेकिंग राजनीति

पुर्वसञ्चारमन्त्रीको गाउँ सुरी पुगेर काफ्लेले सोधे मोवाइलमा डाटा चल्दैन त पार्वत दाई ?


नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं लोकतान्त्रीक बाम गठबन्धनका प्रदेश सभा सदस्य उम्मेदवार कुन्दन काफ्लेले एमाले नेता एवं पुर्व सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङको गृह गाउँ सुरी पुगेर मोवाइलको डाटा समेत नचलेको भन्दै आलोचना गरेका छन् ।
स्मार्ट डिजिटल दोलखाका नाममा करोडौं बजेट खर्च गर्दा सामान्य टुजी समेत नचल्दा दोलखा उत्तरका अधिकांस नागरिकले सास्ती पाएको सम्झाउदै उनले भाषणकै क्रममा पुर्वमन्त्री गुरुङलाई मोबाइलको डाटा किन चलेन दाइ भन्दै प्रश्न गरे । कार्यक्रमका सहभागीहरुको जोडदार ताली बज्यो , केहीले खल्तीबाट मोबाइल झिक्दै इन्टरनेट ओपन गरे तर मोवाइलमा नेट चल्नु त परकै कुरा राम्रोसँग टेलिफोन समेत चलेको थिएन ।
स्मार्ट डिजिटल दोलखाका नाममा गुरुङ मन्त्री हुँदा करोडौंको बजेट दोलखा भित्राइएको थियो तर गाउँमा इन्टरनेटको सामान्य सेवा समेत नचलेपछि काफ्लेले आक्रोसित हुदै भने विकास भनेको यही हो ? कतिञ्जेल सोझा सिधा जनतालाइ ढाँटेर भ्रस्टाचारको खेती गर्ने हो । काफ्लेले स्मार्ट डिजिटल दोलखाका नाममा भएको अनियमितताका बारेमा सञ्चार मन्त्रालय सहित मातहतका निकायको ध्यानाकर्शण गराएका छन् ।
उनले दोलखा प्रदेश सभा क मात्रै होइन सिंगो जिल्लालाई समुन्नत बनाउन गठबन्धन लागिपरेको बताउदै अरुको जस्तो मत बेचेर गाउँलाई कुरुप होइन शुन्दर नगरी बनाउने प्रतिबद्धता समेत जाहेर गरे । दोलखाको उत्तरी क्षेत्रलाई जलविद्युतको केन्द्र बनाई जनताको आर्थिक स्तर माथि उकास्न आफुहरु कुनै कसर बाँकी नराख्ने जनाउदै काफ्लेले आफुहरुलाई अमुल्य मत दिन आग्रह गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

११ वर्ष पछि सञ्चालनमा आयो सिंगटी–लामोसाँघु प्रसारणलाइन

shyam khatiwada

जिरीको कार्यक्रम सम्बोधन गर्न कांग्रेस केन्द्रिय सदस्य शिवाकोटी गृह जिल्ला दोलखामा

shyam khatiwada

एमसिसी र तत्कालिन नेतृत्व

shyam khatiwada
Gaurishankar Post