Gaurishankar Post
ब्रेकिंग

मलेसियामा हात गुमाएका थामीलाई साढे ३ लाख आर्थिक सहयोग

रोजगारीको सिलसिलामा मलेसियामा आफ्नो हात गुमाउन पुगेका कालिञ्चोक गाउँपालिका वडा नम्बर–१ का दुर्गा थामीलाई साढे तीन लाख भन्दा धेरै आर्थिक सहयोग प्रदान गरिएको छ ।

नेपाल तथा विदेशमा रहेका आफन्त, साथीभाइ लगायतबाट सङ्कलन गरिएको ३ लाख ६२ हजार ७ सय ४० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको सहयोग सङ्कलम मध्येका एक बसन्त थामीले जानकारी दिनुभयो । बुधबार चरिकोटमा आयोजित एक कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

गत बर्ष रोजगारीको सिलसिलामा मलेसिया गएको करिब डेढ महिनापछि काम गर्ने क्रममा मेसिनले एउटा हात काटेका थामी केहि दिनअघि नेपाल फर्कनुभएको हो । २२ बर्षिय अविवाहित थामीको घरको आर्थिक अवस्था समेत राम्रो नभएपछि मलेसिया, साउदी अरब, कतार, भारत र नेपालमा बस्ने आफन्त तथा साथीभाइले आर्थिक सहयोग गरेका हुन् ।

दुर्घटनापछि रोजगारदाता कम्पनी र मेनपावर कम्पनीले कसैले पनि बिमा बापतको पैसा समेत नदिएको परिवारको गुनासो छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा वितरक संघको साधारणसभा भब्यताका साथ सकियो , ०८१ लाई दोलखा भ्रमण वर्ष मनाउन प्रस्ताब

shyam khatiwada

दोलखा उद्योग वाणिज्य संघद्धारा यस वर्षको सदस्यता नविकरण शुल्क मिनाहा

shyam khatiwada

दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ सर्बसम्मत

shyam khatiwada
Gaurishankar Post