Gaurishankar Post
वाग्मती स्वास्थ्य

वडा सचिब दाहालद्धारा कोरोना महामारीमा अस्पताललाई २ थान अक्सिजन सहयोग

विकास खड्का, दोलखा ३ जेठ,,
दोलखाको भीमेश्वर नगरपालिका वडा न. ७ मा कार्यरत वडा सचिब ॠषी प्रसाद दाहालले सामुदायिक अस्पताल दोलखालाई २ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् ।
अक्सिजन नपाएर मुलुकमा सयौं मानिसहरुले अकालमा ज्यान गुमाएका घटनाहरु सार्वजनिक भैरहँदा वडा सचिब दाहालले दोलखामा पनि त्यस्तो अवस्था नआओस भन्ने उद्देश्यले अक्सिजन सहयोग गरेका हुन् ।
दाहालले अक्सिजन सिलिण्डर खरिद गरि अस्पताललाई बुझाएको सामुदायिक अस्पताल दोलखाका अध्यक्ष अर्जुन बुढाथोकीले जानकारी दिए । दाहालजस्तै सबै मनकारीहरुले यसैगरि सहयोग गर्ने हो भने जिल्लामा अक्सिजन संकट नहुने जिल्ला संकट व्यवस्थापन समितिले जनाएको छ । दाहाल भिमेश्वर नगरपालिका ७ मकैबारीका स्थायी बासिन्दा हुन् । हाल उनि सोही वडाका सचिबको जिम्मेवारीमा छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

कांग्रेस नेता बर्मा लामाको पहलमा गौरीशंकर बिजनेस ग्रुप जापानद्धारा मेलुङमा लाखौंको स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada

एक्जिम बैंकले जिम्मा लिएको दोलखाका ४६ गुम्बाको पुनर्निर्माण हुन सकेन

shyam khatiwada

चरिकोटमा सुरु भयो निशुल्क थर्मल थेरापी सेवा , नगर प्रमुख मानन्धरद्धारा उद्घाटन

shyam khatiwada
Gaurishankar Post