Gaurishankar Post
स्वास्थ्य

शहिद स्मृति आयूर्बेद अस्पतालको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

६ असाेज, काठमाणडाै / आशिष प्रधान

शहिद स्मृति आयूर्बेद अस्पताल र लायन्स कल्ब अफ काठमाडौं शहिद स्मृतीको संयुक्त आयोजनामा शहिद स्मृति आयूर्बेद अस्पतालको तेस्रो बार्षिक साधारण सभा सोमबार बेभिनार कार्यक्रम गरि सम्पन्न भएको छ ।

स्वस्थ जीबनशैली बिषयको वेभिनार कार्यक्रममा बरिष्ठ आयूर्बेद चिकित्सक डा.प्रकाश ज्ञवाली र मनोबिद् एवं न्यूट्रेसिएन आदर्श प्रधानले प्रस्तुती दिनुभएको थियो । प्रमुख अतिथी लायन्स क्लब्स इन्टरनेशनल नेपालका गर्भनर शम्भु नकर्मीले लायन्स क्लब र अस्पतालको आयोजनामा भएको कार्यक्रम अहिलेको समयमा अत्यन्त आबश्यक भएको साथै डिस्ट्रिक्टले सधै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

अस्पतालका निर्देशक एवं लायन्स कल्ब अफ काठमाडौं शहिद स्मृतीका अध्यक्ष कल्याण भण्डारीले अस्पतालको तेस्रो बार्षिक साधारण सभाको अबसरमा ६० बर्ष भन्दा माथिको जेष्ठ नागरीकहरुलाई, लायन्स र लियो क्लबका सदस्यहरुलाई, गरिब निसहाय ब्यक्तिहरुलाई ओपिडि शुल्क निशुल्क गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा डिस्ट्रिक्ट र्कोडिनेटर आर.एस महतो, भोजराज न्यौपाने, एरिया चिफ अमर ज्योती रन्जित लगायतले मन्तब्य दिनुभएको थियो । कार्यक्रमको संचालन हरि प्रसाद मैनालीले गर्नुभएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

चरिकोटमा सुरु भयो निशुल्क थर्मल थेरापी सेवा , नगर प्रमुख मानन्धरद्धारा उद्घाटन

shyam khatiwada

कांग्रेस नेता बर्मा लामाको पहलमा गौरीशंकर बिजनेस ग्रुप जापानद्धारा मेलुङमा लाखौंको स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada

कालिन्चोक गाउँपालिका वडा नः ९, दीपज्योति समाज सुधार सस्था, दोलखा र नेपाल रेडक्रस सोसाइटी सुन्द्रावती उपशाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

sanjeet
Gaurishankar Post