Gaurishankar Post
राजनीति

सहकारीको बचत लुटेर भागेका १८ जनालाई सम्पर्कमा ल्याउन छानबिन समितिको निर्देशन

सहकारीकाे बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले रकम अपचलन गरी फरार १८ जनालाई सम्पर्कमा ल्याउन सरकारलाई निर्देशन दिएको छ।

सोमबार बसेको समितिको २३औँ बैठकले सहकारीको बचत दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार रहेका १८ जनाको नाम सार्वजनिक गर्दै उनीहरूलाई समितिको सम्पर्कमा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। 

समितिले साेमबार गृहमन्त्री रमेश लेखक, गृहसचिव एकनारायण अर्याल,  प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र प्रहरी नायब महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो। बैठकमा गृहमन्त्री लेखकले समितिले विधिवत् रूपमा गरेको अपेक्षा र निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले समितिलाई कार्यसम्पादनमा सरकारले सम्पूर्ण रूपमा सघाउने, बचतकर्ताको बचत दुरुपयोग रोक्ने, फिर्ता पाउने अवस्था सिर्जना गर्ने र पीडितहरूले न्याय पाउने अवस्थामा केन्द्रित भई आउने सुझावलाई सरकारले कार्यान्वयन गर्न कुनै कसर बाँकी राख्ने प्रतिबद्धतासमेत जनाएका छन्।

याे पढ्न छुटाउनु भयाे की ?

कांग्रेस केन्द्रिय समिति बैठकमा अजयबाबु शिवाकोटीको चेतावनी : “कार्यकर्तालाई सुन्नुस्, नहेप्नुस्”

shyam khatiwada

दोलखामा चप्पल पड्काउदै आएका कम्युनिष्ट नेता अरबपति जनता जहाँको त्याँही कांग्रेस नेता शिवाकोटी

shyam khatiwada

पुर्वसञ्चारमन्त्रीको गाउँ सुरी पुगेर काफ्लेले सोधे मोवाइलमा डाटा चल्दैन त पार्वत दाई ?

shyam khatiwada
Gaurishankar Post