Gaurishankar Post
समाचार

सुबिसुले आफ्नो ग्राहकको सहजताका लागि सञ्चालनमा ल्यायो सेल्फ केयर पोर्टल

चरिकोट – सुबिसु केबलनेटले आफ्ना ग्राहकका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ । यो पोर्टलको प्रयोगबाट ग्राहकले आफूले खरिद गरेको सेवाको बारेमा  विविध जानकारी लिन सक्नेछन । साथै अनलाइन भुक्तानीबाट सेवा नवीकरण गर्न पनि सकिनेछ भने आफ्नो हालको सेवालाई आफुले चाहेअनुरुप विभिन्न सेवा योजनामा अपग्रेड गर्न सक्नेछन् ।
ग्राहकको सहजता र सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीले यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थप्दै जाने बताएको छ । सुबिसु सेल्फ केयर पोर्टल याे लिंकबाट प्रयोग गर्न सकिने छ । साथै कम्पनीकाे वेबसाइट मा रहेको कस्टमर लगईनद्वारा पनि प्रयोग गर्न सकिने छ । 

याे पढ्न छुटाउनु भयाे की ?

भीमेश्वरको शिलामा एक वर्ष नपुग्दै २ पटक पसिना

shyam khatiwada

दोलखा सिंगटी सडकको हालत, पोखरीमा डुबुल्कीदै दौडिन्छन सवारी

shyam khatiwada

कांग्रेस नेता बर्मा लामाको पहलमा गौरीशंकर बिजनेस ग्रुप जापानद्धारा मेलुङमा लाखौंको स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada
Gaurishankar Post