Gaurishankar Post
ब्रेकिंग

कोरोना संक्रमित बढ्दै गएपछि दोलखामा निषेधाज्ञा घोषणा


विकास खड्का
दोलखा ७ भदौ

पछिल्लो समय कोराना भाइरसका संक्रमित एकाएक बढ्दै गएपछि दोलखामा निशेधाज्ञा घोषणा गरिएको छ ।
साउन अन्तिम सातादेखि कोरोना संक्रमितको संख्या बढेसँगै आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । दोलखाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक भीमकान्त शर्माले कोरोना संक्रमणको न्युनिकरणका लागि निषेधाज्ञा गर्नुपरेको जानकारी दिए । उनका अनुसार आइतबार साँझ ५ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म अत्याबश्यक बाहेकका अन्य सम्पुर्ण गतिबिधि बन्द गर्नेगरि निषेधाज्ञा जारी गरिएको हो । यसअघि दोलखाको गौरीशंकर , कालिञ्चोक लगाएतका स्थानीय तहहरुमा कोरोना संक्रमण देखिएपछि साउन ३१ गतेदेखि जिल्लाभर लकडाउन गरिएको थियो । पहिलो चरणमा साउन ६ गतेसम्म गरिएको लकडाउन पुःन थप गरि भदौ १० सम्म गर्ने भनिएपनि शनिबार एकै पटक भीमेश्वर नगरपालिकामा ६ जनामा संक्रमण पुष्टी भएपछि निषेधाज्ञा घोषणा गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
समितिको बैठक सकिएलगत्तै दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माद्धारा हस्ताक्षरित बिज्ञप्तीमा निषेधाज्ञाको अबज्ञा गरी कार्य गरको पाइए संक्रामक रोग ऐन २०२० बमोजिम कार्बाही हुने उल्लेख छ । विज्ञप्तीमा अत्याबश्यक काम बाहेक बाहिर ननिस्कीन आम सर्वसाधरणहरुमा अनुरोध समेत गरिएको छ ।

हेर्नुहोस पुरा विज्ञप्ती

याे पढ्न छुटाउनु भयाे की ?

विकट गाउँ कालिञ्चोकको छिपुङमा पहिलोपटक पुग्यो यात्रुबाहक बस

shyam khatiwada

११ वर्ष पछि सञ्चालनमा आयो सिंगटी–लामोसाँघु प्रसारणलाइन

shyam khatiwada

चिनिया कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर सिपिसी मार्फत नेपाल भित्रीयो

shyam khatiwada
Gaurishankar Post