Gaurishankar Post
नेपाल समाचार स्वास्थ्य

पिडितका घर घरमा राहत पुर्याँउदै जुँगुका युवा

जेठ–२५ दोलखा

मेरो लागि मेरो सहयोग अभियान अन्तर्गत जुँगू विपद व्यवस्थापन कोषले कोरोना महामारी का बेला पनि घर–घरमा पुगेर राहत वितरण गरेको छ ।

अभियानले कोरोना भाईरसको कारणले लकडाउनको समयमा अफ्ठेरोमा परेका दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर–१ र २, मा बसोबास गर्ने असहाय, अपाङ्ग, दिर्घरोगि, टुहुरा, एकल महिला तथा साहाराविहिन, व्यक्तिहरु र जुँगूबाट काठमाडौंमा ज्याला मजदुरी गरि बसेर अफ्ठेरोमा परेका व्यक्ति तथा परिवारहरुलाई राहत वितरण गरेको छ ।

अभियानले बुधबार मात्रै जुँगूका १८ घर परिवारलाई करिब एक महिनालाई पुग्ने दाल, चामल,नुन, तेल, लगायतका १० प्रकारका खाद्य्न्ह सामाग्री दुबै वार्ड अध्यक्ष हरुको रोबरमा वितरण गरेको हो । स्थानिय हनुमन्तेश्वर यूवा क्लवको सहकार्यमा पिडितहरुको घर–घरमानै पुगेर राहत वितरण गरिएको अभियानका तदर्थ समितिका संयोजक डिल्लि बराईलीले जानकारी दिनु भयो । गएको आईतबार मात्रै जुँगूकी एक एकल महिलाको काठमाडौं स्थित कोठामानै पुगेर अभियानले एक महिनालाई पुग्ने गरी खाद्यन्ह सामाग्री वितरण गरेको थियो ।

कोभिड १९ को दोस्रो लहरका विचमानै जुँगूका यूवाहरु विच कोरोना भाईरसबाट संक्रमण भएकाहरुलाई सहयोग गर्ने र दिर्घकालिन रुपमा जुँगूबासीहरुमा भैपरी आउन सक्ने सबै प्रकृतिका विपदहरुलाई सहयोग गर्ने उदेश्यका साथ बनेको तदर्थ समितिलाई जुँगूबाट विभिन्न पेशा तथा व्यवसाय गर्ने र विदेशमा रहेका यूवाहरुले सहयोग गरेकाले अभियानलाई थप गर्न पनि संयोजक बराईलीले आग्रह गरे ।

केही साता अघि पनि अभियानकै संयोजनमा स्वास्थ्य मन्त्रालय , निक भुजिकिक हाउजिङ कम्पनि र लाइफस्पट हेल्थकेयर प्रा स् लि को सहयोगमा दुई लाख भन्दा बढीको स्वास्थ्य सामाग्रीहरु कोरोनाबाट संक्रमितको घर–घरमा पु¥याएर सहयोग गरेको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

समाजसेवी उप्रेतीको पहलमा राप्रपा दोलखाद्धारा आठ थान अक्सिजन कन्सन्ट्रेटर वितरण

shyam khatiwada

यूएईबाट हालसम्म १८ सय जना नेपाल फर्किए

shyam khatiwada

महावाणिज्य दुत कार्कीलाई युरोपियन विश्वविद्यालयको मानार्थ विद्यावारिधी

shyam khatiwada
Gaurishankar Post