Gaurishankar Post
ब्रेकिंग स्थानीय समाचार स्वास्थ्य

समाजसेवी उप्रेतीको पहलमा राप्रपा दोलखाद्धारा आठ थान अक्सिजन कन्सन्ट्रेटर वितरण


दोलखा १३ असार,,
समाजसेवी एवं राप्रपा केन्द्रिय कार्य सम्पादन समिति सदस्य सोभित उप्रेतीको पहलमा राप्रपा दोलखाले जिल्लाका तिन स्थानीय तहका ८ वटा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको छ ।
समाजसेवी उप्रेतीको पहलमा नेपाल–चाइना ट्रेड एन्ड इन्ड्रस्ट्रीयल एसोसिएसनले उपलब्ध गराएको अक्सिजन कन्सन्ट्रेटर आइतबार राप्रपा दोलखाले प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गरिएको छ । राप्रपा दोलखाका अध्यक्ष राजन शिवाकोटीले आइतबार एक समारेहकाबिच दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेलाई ८ थान कन्सन्टेटर हस्तान्तरण गरेका हुन् । दोलखामा कोभीड महामारी सँग जुध्न सहज होस भन्दै अत्याबश्यक स्वास्थ्य सामाग्री वितरण गरिएको राप्रपा दोलखाले जनाएको छ । राप्रपा केन्द्रिय कार्यसम्पादन समिति सदस्य एवं समाजसेबी सोभित उप्रेतीमार्फत नेपाल–चाइना ट्रेड एन्ड इन्ड्रस्ट्रीयल एसोसिएसनले उपलब्ध गराएको आठ थान अक्सिजन कन्सन्ट्रेटर दोलखाका तिन वटा स्थानीय तहहरु कालिञ्चोक , विगु र गौरीशंकर गाउँपालिकाका ८ वटा स्वास्थ्य चौकीलाई वितरण गरिएको राप्रपा दोलखाका संयोजक राजन शिवाकोटीले जानकारी दिए । दोलखाका आठ स्वास्थ्य चौकीहरुलाई कन्सन्ट्रेटर वितरण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्व जिविस सभापती सुन्दर प्रकाश खड्का, जिल्ला संयोजक राजनबहादुर शिवाकोटी तथा राप्रपा युवा नेता कुमार कार्की लगाएतको सहभागिता रहेको थियो ।
अक्सिजन सिलिन्डर प्रदान गरिने स्वास्थ्य चौकीहरुमा सुस्पाक्षमावती, लामिडाँडा, सुन्द्रावती, कालिञ्चोक,लापिलाङ, झ्याँकु, विगू , तथा मार्बु स्वास्थ्य चौकी रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जानकारी दिएको छ । सुस्पा क्षमावती स्वास्थ्य चौकी लाई आइतवारनै कन्सन्ट्रेटर हस्तान्तरण गरिने तथा अन्य लाई केही दिन भित्र उपलब्ध गराइने राप्रपा दोलखाका नेता कुमार कार्कीले बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाको बोचमा सरकारी कार्यालय भित्रै मदिराको भट्टी

shyam khatiwada

लिखु तामाकोसी गाउँपालिकाका विद्यालयहरुलाई स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada

माैरिससका लागि अवैतनिक राजदूतमा गणेश कार्की नियुक्त

shyam khatiwada
Gaurishankar Post