Gaurishankar Post
नेपाल समाचार वाग्मती

उज्यालो नेपालद्धारा शैलुङ , मेलुङ , उमाकुण्ड र दोरम्बा गाउँपालिकामा लाखौंको स्वास्थ्य सामाग्री सहयोग

दोलखा ३१ जेठ ,,

लामो समय देखि शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको उज्यालो नेपाल नामक संस्थाले दोलखा र रामेछापका ४ वटा स्थानीयतहहरुमा कोभिड महामारी नियन्त्रणका लागि लाखौंको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बढ्दो महामारीका कारण ग्रामिण तहका नागरिकहरुको जनजिवन कष्टकर बनेको भन्दै उज्यालो नेपालले गाउँकै स्वास्थ्य संस्थामा उपचार होस भन्ने उद्देश्यले दोलखा र रामेछापका ४ वटा स्थानीय तहहरुमा अत्याबश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो । संस्थाका कोषाध्यक्ष एवं दोलखाको शैलुङ निबासी समाजसेवी शोनम शेर्पाले तत्काललाई दोखाको शैलुङ गाउँपालिक , मेलुङ गाउँपालिका सहित सहित रामेछापको उमाकुण्ड र दोरम्बा गाउँपालिकामा अत्याबश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको बताए ।

उनिहरुले कोभिड महामारीसँग सम्बन्धित स्वास्थ्य सामाग्रीहरु अक्सिजन कन्सन्टेटर ८ थान सेनिटाइजर दुई सय दस लिटर , अक्सिमिटर ४० थान , अक्सिजन क्यानुला मास्क ८ थान ,कोभिड १९ एन्टिजेन्ट किट ६ सय थान र २५ हजार पिस गुणस्तरिय सर्जिकल मास्क ४ वटै गाउँपालिकामा वितरण गरेका छन् । उज्यालो नेपालका अध्यक्ष प्रभाकर महर्जन सहितको टोली आइतबार दोलखा र रामेछापका ४ वटै गाउँपालिकामा पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । उज्यालो नेपालले यसअघि पनि शैलुङ गाउँपालिकामा न्यानो कपडा लगाएतका राहत सामाग्री वितरण गरेको संस्थाका सचिब दोर्जे शेर्पाले जानकारी दिए ।

लामो समय देखि शिक्षा स्वास्थ्य र खानेपानीको क्षेत्रमा काम गर्दै आएको उज्यालो नेपालले कोरोना महामारी नियन्त्रणका लागि ग्रामिण क्षेत्रलाई केन्द्रित गरेको उज्यालोका उपाध्यक्ष सञ्जय लामाले जानकारी दिएका छन् । संस्थाका अध्यक्ष प्रभाकर श्रेष्ठले कोभिड महामारीलाई सबैले मिलेर परास्त गर्नुपर्ने बताएका छन् । उज्यालो नेपाललाई जर्मनस्थित दातृ निकायले लगानी गर्ने गरेको जनाइएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

भीममावि दोलखाका पूर्व बिद्यार्थी शनिबार धुम्बाराहीमा जुट्दै, सबैलाई सहभागी हुन अपिल

shyam khatiwada

दोलखाली पत्रकारको आइसुलेसनमा गौरीशंकर बिजनेस ग्रुप जापानको सहयोग

shyam khatiwada

लिखु तामाकोसी गाउँपालिकाका विद्यालयहरुलाई स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada
Gaurishankar Post