Gaurishankar Post
ब्रेकिंग वाग्मती

संगठित हुँदै कांग्रेस निकट थामी समुदाय , काठमाडौंमा केन्द्रीय तदर्थ समिति गठन


दोलखा ६ भदौ
नेपाली कांग्रेसमा आबद्ध नेपालकै सिमान्तकृत भनेर चिनिने थामी समुदायका नेता कार्यकर्ताहरु पाटीभित्रै संगठित हुन थालेका छन् । कांग्रेसमा सकृय थामी नेताहरुको अगुवाइमा देशभरमा रहेका थामी जातिका मानिसहरु संगठित भएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली थामी संघको तदर्थ केन्द्रिय समिति गठन गरिएको छ । नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य एवं प्रतिनिधि सभाका सांसद जिपछिरिङ लामाको उपस्थिीतिमा भएको कार्यक्रममा नेपाल थामी संघको औपचारिक गठन गरिएको कांग्रेस नेता एवं नेपाल थामी संघ केन्द्रिय समितिका सहसंयोजक हस्त थामीले जानकारी दिए । शनिबार गठित केन्द्रिय तदर्थ समितिको संयोजक गोपिलाल थामी ,सहसंयोजक हस्त थामी र कर्ण थामी सचिवद्धय भक्तसिंह थामी र कबिराज थामी कोशाध्यक्ष रण बहादुर थामी छन् । त्यस्तै केन्द्रीय सदस्यहरु
इन्द्र बहादुर थामी,माधब थामी,निम बहादुर थामी,कामी थामी,महल थामि,चमेली थामी,उर्मिला थामी,सबिना थामि,सर्स्वती थामी,सोम बहादुर थामी रहेको सहसंयोजक हस्त थामीले बताएका छन् । कांग्रेस सांसद जिपछिरिङ लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दोलखा रामेछाप र सिन्धुली जिल्लाका कांग्रेस सभापति हरु सहितका नेताहरु सहभागी थिय । तदर्थ समितिले ६ महिनाभित्र महाधिवेशन गरेर नया नेतृत्व गठन गर्ने र पार्टीसँग समन्वय गरि कांग्रेसको महत्वपुर्ण शुबेच्छुक संस्थाको रुपमा अघि बढाइने जनाइएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा उद्योग वाणिज्य संघद्धारा यस वर्षको सदस्यता नविकरण शुल्क मिनाहा

shyam khatiwada

तामाकोसी पाँचौं जलविद्युत आयोजनामा चाइनीज कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी

shyam khatiwada

वडाअध्यक्ष काफ्लेद्धारा आफ्नो सुविधाको रकमले जेष्ठजनलाई न्यानो वितरण

shyam khatiwada
Gaurishankar Post