Gaurishankar Post
राजनीति वाग्मती

नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिका उप सभापतिमा खतिवडाको उम्मेदवारी


दोलखा २६ भदौ
,,
नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिकाको आशन्न अधिेबेशनमा नेतृत्वको घम्साघम्सी चलिरँहदा उपसभापति पदमा भने अर्का नेता हरि खतिवडाले उम्मेदवारी दिने भएका छन् ।
नेपाली कांग्रेस तरुण विभागका केन्द्रिय सदस्य समेत रहेका खतिवडा कांग्रेसको तल्लो तहबाट संगडन बिस्तार गर्नुपर्छ भन्ने मुख्य उद्देश्य बोकेर गाउँपालिकाको उप सभापति लड्ने तयारी गरेका हुन् । उनि गाउँपालिकामा कालिञ्चोक २ बाबरेबाट प्रतिनिधित्व गर्छन् । कालिञ्चोक सरोकार समाज मार्फत गाउँपालिकामा सामाजिक काम गर्दै आएका खतिवडाले गाउँमा संगठन बिस्तार गर्न तल्लो तहमा बसेर काम गर्न खोज्नु अत्यन्तै सकरात्मक कुरा भएकाले उनलाई निर्बिकल्प चयन गर्नुपर्ने जिल्ला नेताहरुले जनाएका छन् । कांग्रेसको माथिल्लो तहमा पनि राम्रो सम्पर्क रहेका खतिवडा केन्द्रिय नेताहरुसँग समेत निकट छन् । गाउँपालिका सभापति पदमा भने ३ नेताहरुको आकांक्षा छ । कालिञ्चोक ८ का जगतमणी शिवाकोटी , ९ का सन्तोष मैनाली र वडा नम्बर ४ का पदम पाठक बिच प्रतिष्पर्धा हुने भएपनि सर्बसहमतिको प्रयास पनि भैरहेको कालिञ्चोक गाउँपालिकाका सभापति अर्जुन शिवाकोटीले जानकारी दिए ।

याे पढ्न छुटाउनु भयाे की ?

गुटको अन्त्य र युवाको प्रतिनिधित्वको लागि मेरो उम्मेद्धवारी- पाठक

shyam khatiwada

भीरबाट खसेको ढुंगाले घर थिच्दा दोलखाको सिंगटीमा एक महिलाको मृत्यु

shyam khatiwada

नेपाली कांग्रेस दोलखाको महाधिबेशन प्रतिनिधि( दलित) तर्फ नबराज रिजालको उम्मेदवारी घोषणा

shyam khatiwada
Gaurishankar Post